Siraha Times
ताजा समाचार

सिरहामा लागु औषध (ब्राउन सुगर) सहित एक जना पक्राउ

  • फागुन १०, २०७७
  • ६८७ पटक पढिएको
  • रामएकवाल राम
alt

राजेन्द्र महतो लहान फाल्गुन १० गते। सिरहाको गोलबजार ना . पा.-६ ग्रामीण बाट आइतबार प्रहरीले प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित एक जना लाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहा गोलबजार ना.पा. -२का ३३ बर्शिय जितेन्द्र सुनुवार रहेका छ्न।

लागु औषध बिक्री बितरण गर्नको लागि साथमा बोकी राखेको छ भनी गोप्य सूचनाको आधारमा २ नं. प्रदेश प्रहरी कार्यालय जनकपुर, धनुषा र ई.प्र.का.गोलबजार सिरहाबाट खटिएको संयुक्त प्रहरी टोलीले चेक जाँच गर्ने क्रममा गोलबजार ना.पा.-६ ग्रामीण बाट सिरहा गोलबजार ना ..पा. -२का ३३बर्शिय जितेन्द्र सुनुवार को साथबाट लागू औषध (ब्राउन सुगर) सेतो रंगको प्लाष्टिकको पोकामा तयार पारिएको स-सानो पोका थान-१०, तौल गर्दा प्लाष्टिक सहित ४०० मिलिग्राम र प्लाष्टिक हटाएर तौल गर्दा २००मिलिग्राम लागु औषध (ब्राउन सुगर) बरामद गरि पक्राउ गरिएको प्रहरी ले जनाएको छ। पक्राउ परेका सुनुवार लाई ई.प्र.का. गोलबजार सिरहामा राखि घटना सम्बन्धमा थप अनुस्धान कार्य भई रहेको ईलाका प्रहरी कार्यालय गोलबजार सिरहाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

रसुवाको बाढीपीडितका ...

ओम प्रकाश यादव लहान, भदौ १७ । २०८३ साल भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक तथा भीषण ...

मधेश प्रदेशबाट संकलि ...

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका लगायत मधेश प्रदेशका विभिन्न पालिका तथा जिल्लाबाट संकलन गरिएको र ...

कृषि कार्यक्रमले फेर ...

रहमुल, सिरहा, १६ भदौ । सिरहाको बरियारपट्टी गाउँपालिका मा दलित जनकल्याण युवा क्लब (DJYC) लहान र स्थान ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१