बाल बालिका माथि दिन प्रतिदिन भईरहेको घटना न्यूनिकरण गोष्ठि कल्याणपुरमा

  • फागुन ८, २०७७
  • ११११ पटक पढिएको
  • सिरहा टाइम्स
alt

बिरेन्द्र नेपाल लहान, ८ फागुन । सप्तरीको खड्क नगरपालिका– ७ कल्याणपुरमा लैंगिक केन्द्रित परियोजना कार्यक्रम अन्र्तगत बालिकाको मुद्धामा तिन दिने कार्यशाला गोष्ठि सम्पन भएको छ । कल्याणपुर स्थित रहेको साह अथिति सदनमा बिहिबार देखि सुरु भएको लैगिक केन्द्रित परियोजना कार्यक्रम अन्र्तगत सबल नेपालको आयोजना तथा सेभ द चिल्ड्रेनको सहयोगमा सूरु भएको तिन दिने कार्यशाला गोष्ठिको सहजिकरण गंगा कुमारी भण्डारीले गरेको थिए । हाल बालिका माथि भईरहेको विभिन्न किसिमको घटना तथा लैंगिक हिंसालाई न्यूनिकरणका लागि बाल बालिकालाई चेतनाका लागि गोष्ठिको आयोजना गरिएको गोष्ठिको प्रमुख उदेश्य रहेको आयोजक संस्थाका कार्यक्रम सुपरभाइजर अशोक कुमार साहले जानकारी दिनुभयो ।

तिन दिने गोष्ठिमा सप्तरीको सुरुङ्गा नगर पालिकाका –१२ जना तथा खड्क नगरपालिका– १२ गरि जम्मा ७ जना बालक तथा १७ जना बालिकाहरुको सहभागिता रहेको थियो । सबल नेपालका अध्यक्ष जुना गिरीको सभाअध्यक्षतामा भएको तिन दिने कार्यशाला गोष्ठिको समापन समारोहमा रोजिना बुढाथोकी तथा राजन पासवानले यो तिन दिने गोष्ठिले बाल बालिकालाई हालको समय अनुकुल बाल बालिका माथि भई रहेको विभिन्न किसिमको अपराध तथा लैगिक हिंसालाई न्यूनिकरण गर्न केहि हदसम्म सहयोग गर्ने धारणा व्यतm गर्नुभयो । समापन समारोहमा सम्पूर्ण बाल बालिकालाई झोला समेत प्रदान गरेका थिए । कोभिड १९ को सुरक्षाको लागि सम्मपूर्ण सहभागिहरुले अनिवार्य रुपमा मास्कको प्रयोग गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

लहानमा ट्राफिक सचेतन ...

लहान, माघ ८। “सडक दुर्घटना विरुद्ध युवा अभियान २०८२” कार्यक्रम अन्तर्गत हिजो माघ ०७ गते ...

रास्वपाबाट टिकट नपाए ...

उमेश कुमार साह बोदे बर्साईन । सप्तरी क्षेत्र नम्बर–४ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ...

लागु औषध विरुद्धको स ...

लहान, ०८ माघ । लागूऔषधको बढ्दो दुर्व्यसन नियन्त्रण गर्दै युवालाई सकारात्मक बाटोमा डोर्‍याउन ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१