ताजा समाचार

बाल बालिका माथि दिन प्रतिदिन भईरहेको घटना न्यूनिकरण गोष्ठि कल्याणपुरमा

  • फागुन ८, २०७७
  • १२२३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

बिरेन्द्र नेपाल लहान, ८ फागुन । सप्तरीको खड्क नगरपालिका– ७ कल्याणपुरमा लैंगिक केन्द्रित परियोजना कार्यक्रम अन्र्तगत बालिकाको मुद्धामा तिन दिने कार्यशाला गोष्ठि सम्पन भएको छ । कल्याणपुर स्थित रहेको साह अथिति सदनमा बिहिबार देखि सुरु भएको लैगिक केन्द्रित परियोजना कार्यक्रम अन्र्तगत सबल नेपालको आयोजना तथा सेभ द चिल्ड्रेनको सहयोगमा सूरु भएको तिन दिने कार्यशाला गोष्ठिको सहजिकरण गंगा कुमारी भण्डारीले गरेको थिए । हाल बालिका माथि भईरहेको विभिन्न किसिमको घटना तथा लैंगिक हिंसालाई न्यूनिकरणका लागि बाल बालिकालाई चेतनाका लागि गोष्ठिको आयोजना गरिएको गोष्ठिको प्रमुख उदेश्य रहेको आयोजक संस्थाका कार्यक्रम सुपरभाइजर अशोक कुमार साहले जानकारी दिनुभयो ।

तिन दिने गोष्ठिमा सप्तरीको सुरुङ्गा नगर पालिकाका –१२ जना तथा खड्क नगरपालिका– १२ गरि जम्मा ७ जना बालक तथा १७ जना बालिकाहरुको सहभागिता रहेको थियो । सबल नेपालका अध्यक्ष जुना गिरीको सभाअध्यक्षतामा भएको तिन दिने कार्यशाला गोष्ठिको समापन समारोहमा रोजिना बुढाथोकी तथा राजन पासवानले यो तिन दिने गोष्ठिले बाल बालिकालाई हालको समय अनुकुल बाल बालिका माथि भई रहेको विभिन्न किसिमको अपराध तथा लैगिक हिंसालाई न्यूनिकरण गर्न केहि हदसम्म सहयोग गर्ने धारणा व्यतm गर्नुभयो । समापन समारोहमा सम्पूर्ण बाल बालिकालाई झोला समेत प्रदान गरेका थिए । कोभिड १९ को सुरक्षाको लागि सम्मपूर्ण सहभागिहरुले अनिवार्य रुपमा मास्कको प्रयोग गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

लहान-२३मा मिथिला साम ...

शियाराम यादव ,लहानअसोज-१७ । सिरहाको लहान नगरपालिका–२३, गाढास्थित मिथिला सामुदायिक सिकाइ केन्द् ...

शैक्षिक सुधारतर्फ डो ...

विनोद अविरल,​ असोज १६ । सिराहा जिल्लाको धनगढीमाई नगरपालिका–१२ मा रहेको डोटेल माध्यमिक विद्यालय ...

कांग्रेस केन्द्रीय स ...

ओम प्रकाश यादव, लहान, १६ असोज । नेपाली कांग्रेसका नेता तथा लहान नगरपालिकाका नगर प्रमुख महेश प्रसाद च ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤