Siraha Times
ताजा समाचार

धनुषामा एक महिलाको शव फेला : हत्याको आशंका

  • फागुन ४, २०७७
  • १४३३ पटक पढिएको
  • रामएकवाल राम
alt

जनकपुरधाम । धनुषामा एक महिलाको शव फेला परेको छ । आज (मंगलबार) बिहान धनुषाको कमला नगरपालिका वडा नम्वर २ माचिझिटकैयामा अन्दाजी ४० वर्षीया महिलाको शव खेतमा फेला परेको धनुषा प्रहरीले जनाएको छ ।
हुलाकी राजमार्गभन्दा करिब १० मिटर दक्षिण खेतमा महिलाको शव मृत फेला परेको वडाध्यक्ष धनेश्वर यादवले जानकारी दिए ।

 शौच गर्नका लागि घर बाहिर निस्केका एक युवकले महिलालाई मृत अवस्थामा देखेपछि वडाध्यक्ष यादवलाई खबर रहेका थिए ।
उनको हत्या गरेर खेतमा फालेको हुनसक्ने आशंका गरिएको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय खजुरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

लहान–२२ मा ‘घर–घरको ...

लहान, साउन ४ । लहान नगरपालिकाले सञ्चालन गर्दै आएको ‘घर–घरको शान, स्वच्छता अभियान’ ...

आकस्मिक स्वास्थ्य से ...

बारा ३ भदौ। सिमरा विमानस्थलमा बुधबारदेखि निःशुल्क स्वास्थ्य सहायता कक्ष (हेल्थ डेस्क) सञ्चालनमा आएको ...

चार सदस्य चयन, बाँकी ...

रहमुल, लहान, ३ भदौ । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–१ मौवाहीस्थित श्री जनता माध्यमिक विद् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१