सप्तरीको मल्हनियाँमा सरस्वती डेरी उधोग संचालन

  • फागुन ४, २०७७
  • १९७६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सप्तरी । सप्तरीको बलानबिहुलमा माँ सरस्वती डेरी उधोग संचालन भएको छ । बलान बिहुल गा.पा -१ स्थित मिलन चौकमा जिल्लाकै नमुना डेरी संञ्चालन भएको हो । स्थानीय किसान कामेश्वर यादवद्वारा स्थापना गरेको डेरी सोमबार सोही वडाका वडा अध्यक्ष बैजनाथ यादवले उद्घाटन गरेका हुन् । वडा अध्यक्ष यादवले समाजको आर्थिक समृद्धिको लागि कृषि महत्वपूर्ण पाटो भएको र डेरी स्थापना गर्ने किसान यादवलाई धन्यवाद दिँदै कृषि प्रवर्द्धन कार्यक्रमका लागि वडाद्वारा २ लाख १ हजारको राशी प्रदान गरिने घोषणा गरेका छन साथै गाउँपालिकाले समेत सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

किसानको मेहनतले उत्पादन भएको दूध बिचौलियामार्फत नभई सोझै उपभोक्तामाझ पुर्याउने उद्देश्यले सञ्चालित डेरीको उद्घाटन कार्यक्रममा बोल्दै जसपाका नेता रामेश्वर यादवले किसानको उत्पादन सिधै उपभोक्ताको पहुँचमा पुग्दा दुवै पक्षलाई फाईदा हुने बताए। ‘उपभोक्ताको सन्तुष्टि गुणस्तरीय सेवाले मात्रै सम्भव छ,‘बिचौलियाले लिने लाभलाई तोड्न यस्ता उद्योगहरुको भूमिका महत्वपूर्ण हुन्छ’ यादवले भने। उत्पादन गर्ने किसानको अवस्था समान्य हुदाँ विचौलियाले उपभोक्तालाई बेचेर मनग्य कमाउने गरेको अवस्थामा उपभोक्तालाई सस्तो र गुणस्तरीय सेवा दिने गरी डेरी सञ्चालन गर्नुपर्ने नेकपाका युवा नेता एवं बलान बिहुल गाउँ पालिका अध्यक्षका प्रत्यासी अशोक यादवको भनाई छ। नेता यादवले डेरी संचालकलाई बधाई दिदै आउने दिनमा अझ उत्तरोत्तर प्रगतिको शुभकामना दिए ।

 

सोही अवसरमा जसपाका अर्का नेता दिगम्बर यादवले लकडाउनसँगै निजी उद्योगले दुग्ध खरिद गर्न बन्द गरेपछि सडकमा दूध पोख्नेसम्मको गतिविधिलाई निरुत्साहित गर्न किसानले आफ्नो बिक्री केन्द्र सञ्चालन गर्दा स्थानीयलाई समेत सहज हुने बताए । यादवले उपभोक्तालाई गुणस्तरीय सेवा दिन नसक्ने कुनैपनि किसिमका उद्योगको आयू छोटो हुने बताएका थिए। भु.पु गाविस अध्यक्ष अरुण कुमार गोईतले बजारमा अस्वस्थ प्रतिस्पर्धा, प्रशोधित र अप्रशोधित उत्पादनलाई उस्तैउस्तै ठान्ने उपभोक्ताको चेतना, औद्योगिक परिवेशको अभाव, जुन मौसममा बढी उत्पादन हुन्छ त्यही समयमा खपत कम हुने तर जब उत्पादन र सङ्कलन कम हुन्छ तब बजारमा माग धेरै हुने, निरन्तर गुणस्तर कायम गर्न स्रोत, राखरखाव, ओसारपसार र प्रशोधनको सही व्यवस्थापनमा पर्याप्त ध्यान दिनुपर्ने सुझाएका थिए ।

 

कार्यक्रममा उद्घोषक दिगम्बर यादव, रामेश्वर यादव, पुर्व जिल्ला शिक्षा अधिकारी गङ्गाराम यादव, भुतपुर्व गाविस अध्यक्ष अरुण कुमार गोईत अखिल नेपाल किसान महासंघ गापा का संयोजक नेकपा नेता एवं गापा अध्यक्षका प्रत्यासी अशोक यादव, युवा नेता राम नारायण यादव (अगिन्धर), नेता दुखी यादव, समाजसेवी रामप्रकाश भदिसवार, कारी चौधरी, महिन्द्र यादव, जुरीलाल मरिक, रामबोध यादव, रामप्रसाद चौधरी लगायत दर्जनौं नेताकार्यकर्ताको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

लहान २१ मा आज अस्ताउ ...

ओम प्रकाश यादव लहान १० कात्तिक  । हिन्दु धर्मावलम्बीहरुलेअत्यन्त निष्ठा र कठोर ब्रत लिएर म ...

भगवानपुरमा पाँचौँ वड ...

रहमुल लहान १० कार्तिक । भगवानपुर गाउँपालिकामा आयोजना गरिएको पाँचौँ वडा स्तरीय क्रिकेट प्रतियोगिता २० ...

लहान नगरपालिकाबाट मृ ...

ओम प्रकाश यादव लहान, कात्तिक ८ । लहान नगरपालिकाले सामाजिक उत्तरदायित्व अन्तर्गत निरन् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१