ताजा समाचार

जनमत पार्टीको भातृ संगठनद्वारा सिरहामा आदिवासी जनजाति जनमत संघ जिल्ला स्तरिय गठन गरियो

  • फागुन २, २०७७
  • १७६३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

जोगिन्द्र मंडल सिरहा, जनमत पार्टी द्वारा भेटघाट कार्यक्रम तथा आदिवासी जनजाति जनमत संघ गठन गरियो। जनमत पार्टी‌ को राष्ट्रिय अध्यक्ष तथा युवा बैज्ञानिक श्री डा.सि के राउत ज्यु र गैर आवासिय मधेशी संघ अंतराष्ट्रिय समितिका अध्यक्ष तथा बिदेश बिभाग प्रमुख एवंम् केन्द्रिय सदस्य श्री ई.बसन्त कुशवाहा ज्युको उपस्थिति मा र श्रीमती सृजना राय दनुवार ज्यु को नेतृत्वमा ११ सदस्य जनमत पार्टी को भातृ संगठन आदिवासी जनजाती जनमत संघ जिल्ला स्तरिय तदर्थ समिति गठन गरियो।

No description available.

डा. सिके राउत ले भन्नु भयो कि हाम्रो पार्टी को संगठन कार्यक्रम अहिले मधेशको सबै जिल्लाको नगरपालिका र गाउँपालिकामा गठन हुँदैछ। हामीलाई विश्वास छ आउने चुनाव मा हाम्रो पार्टी ले राम्रो नतिजा ल्याउन सफल हुन्छ। त्यस्तै गैर आवासिय मधेशी संघ अंतराष्ट्रिय समितिका अध्यक्ष तथा बिदेश बिभाग प्रमुख एवंम् केन्द्रिय सदस्य श्री ई.बसन्त कुशवाहा ज्यूले पनि भन्नु भयो कि जनमत पार्टी एक्लै यस्तो पार्टी हो जहाँ मधेश लाई अगाडि बढाउन सकिन्छ। अरु पार्टीहरू ले मधेश को नाम भजाएर खाने मात्र गर्दैछ।

 

No description available.

आदिवासी जनजाती जनमत संघ सिरहा को उपाध्यक्ष मा महेन्द्र लेखी,सचिव मा कपिलदेव सिंह,सह-सचिव मा आशाराम चौधरी,कोषाध्यक्षमा,जेनिश चौधरी,सदस्यहरुमा,श्याम कुमारी दनुवार,चन्द्रसेन चौधरी,संतोष चौधरी,रेखा कुमारी सिंह लगायत का व्यक्तिहरू रहेका छन।।

 

प्रतिक्रिया दिनुहोस

गौरमा केवाइसी अपडेटक ...

रामअधार यादव, रौतहट, २६ असोज। बैंक तथा डिजिटल वालेटका कर्मचारी भएको भन्दै केवाइसी (KYC) अपडेट गर्ने ...

लहानको नयाँ बजारमा श ...

ओम प्रकाश यादव लहान, असोज २६ । “शौचालय बनाऔँ, सम्मान र स्वास्थ्य जोगाऔँ!” भन्ने नारासहित ...

गोलबजारमा अवैध ग्राभ ...

ओम प्रकाश यादव, लहान असोज २६। सिरहाको गोलबजार नगरपालिका–१ बलडाँडा मुसहरस्थित क्षेत्रमा अवैध रू ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤