ताजा समाचार

सिरहाको धनगढीमाईमा करोडौंको लगानीमा राईस मिल संचालन

  • माघ २९, २०७७
  • ८७४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान २९, माघ । सिरहाको धनगढीमाई नगरपालिका वडा नम्बर - ९ मा करोडौंको लगानीमा राईस मिल संचालनमा अएको छ । कौशल एग्रो राईस मिल प्रा.ली . को नामबाट आज देखि बिधिबत रुपमा उधोग संचालनमा आएको हो । नेपालको मेची देखि महाकाली सम्म ब्राण्डेड चामल निर्यात गर्ने मुख्य उदेश्य सहित प्राली संचालनमा ल्याईएको संचालक महेश साहले बताउनुभयो । प्रदेश नम्बर - २ को नमुना उधोग भएकोले सयै स्थानीयलाई रोजगारी दिने समेत उधोगले लक्ष्य राखेको उनले बताए । आज एक कार्यक्रमको आयोजना गरी मिलको औपचारिक रुपमा उदघाटन गरिएको थियो । एनसिसि बैंकको कार्यकारी अधिकृत रेशमराज आर्यालको प्रमुख आतिथ्यमा उधोगको उदघाटन भएको थियो । उधोगले स्थानीयलाई रोजगारी दिन मद्दत पुग्ने सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदिपराज कणेलले बताउनु भएको छ ।

बिशिस्ट अतिथिको आसन्नबाट बोल्दै उहाँले मजदुरहरुको सेक्युरिटीको लागि मजदुरहरुलाई बिमा गर्न प्रालि संचालकलाई आग्रह गर्नुभयो । उधोगको सुरक्षाको लागि सिसिटिभी क्यामरा जडान संगै फाईर सेक्युरिटी लगायत अन्य सुरक्षाको लागि नजिकको प्रहरी कार्यालयबाट समन्वय गर्न संचालकलाई अधिकारी कणेलले सुझाव दिनुभयो । कार्यक्रममा नेपाल पत्रकार महासंघका जिल्ला सभापती दिनेश्वर प्रसाद गुप्ता , उधोग बाणिज्य संघ लहानका अध्यक्ष अशोकलाल आमात्य , धनगढीमाई नगरपालिकाका नगरप्रमुख हरिनारायण चौधरी , सगरमाथा पेट्रोलियम डिलर संघका प्रतिनिधि , गोलबजार ब्यापार संघ , बाणिज्य संघ , प्रदेश नम्बर -२ का साथै जिल्ला भित्रका एनआईसी बैंक , एनसिसी , राष्ट्रिय बाणिज्य बैंक , नेपाल बैंक , शिभिल बैंकका प्रतिनिधिहरुको सहभागीता रहेको थियो । कार्यक्रममा बोल्ने अधिकान्सले जिल्लामा उधोग संचालनमा आएकोले संचालकलाई बधाई तथा शुभकामना दिएको थियो ।

प्रतिक्रिया दिनुहोस

गौरमा केवाइसी अपडेटक ...

रामअधार यादव, रौतहट, २६ असोज। बैंक तथा डिजिटल वालेटका कर्मचारी भएको भन्दै केवाइसी (KYC) अपडेट गर्ने ...

लहानको नयाँ बजारमा श ...

ओम प्रकाश यादव लहान, असोज २६ । “शौचालय बनाऔँ, सम्मान र स्वास्थ्य जोगाऔँ!” भन्ने नारासहित ...

गोलबजारमा अवैध ग्राभ ...

ओम प्रकाश यादव, लहान असोज २६। सिरहाको गोलबजार नगरपालिका–१ बलडाँडा मुसहरस्थित क्षेत्रमा अवैध रू ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤