ताजा समाचार

मानव वेचबिखन मुद्दाका फरार अभियुक्त पक्राउ

  • माघ २९, २०७७
  • १०१५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

काठमाडौं, २८ माघ । मानव वेचबिखन अपराध मुद्दाका फरार अभियुक्त मोरङ स्थायी वतन भई हाल काठमाडौं महानगरपालिका-२९ सामाखुसी बस्ने साईराम भन्ने ४२ वर्षीय भुपालमान श्रेष्ठलाई मंगलबार काठमाडौं सामाखुसीबाट प्रहरीले पक्राउ गरेको छ । श्रेष्ठ समेतका व्यक्तिहरुले वैदेशिक रोजगारीको बहानामा २०६६ भाद्र महिनामा पीडितसँग १ लाख ५० हजार रुपैयाँ लिई नक्कली राहदानी तथा वेटरको काम गरेको प्रमाणपत्र समेत बनाई दिएपछि रमेश खड्का भन्ने तुलाराम खड्काको साथ लगाई भारतको नयाँ दिल्ली पुर्‍याएका थिए । तत्पश्चात भारतीय र अरेबियनहरुको जिम्मा लगाएको र २ दिन पछि हैदर भन्ने भारतीय नागरिकसँग ३ लाख ५० हजार भारतीय रुपैयाँ लिई अभियुक्त नेपाल फर्किएको खुल्न आएको छ । पीडितलाई ४५ दिनसम्म बन्धक बनाई चरम शोषण दिएपछि दार्जिलिङ बस्ने एक ब्यक्तिको सहयोगमा भाग्न सफल भई नेपाल फिर्ता भएपश्चात् दिएको जाहेरीको आधारमा मानव बेचबिखन अनुसन्धान ब्यूरोले अनुसन्धानको क्रममा तुलाराम खड्का छुट्टाछुट्टै अपराधमा केन्द्रीय कारागारमा बन्दी जिवन बिताई रहेको खुल्न आएको छ । पक्राउ परेका श्रेष्ठ उपर जिल्ला अदालत काठमाडौंबाट म्याद थप भई थप अनुसन्धान कार्य जारी रहेको तथा अन्य फरार व्यक्तिहरुको खोजी कार्य भइरहेको उक्त ब्यूरोले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

गौरमा केवाइसी अपडेटक ...

रामअधार यादव, रौतहट, २६ असोज। बैंक तथा डिजिटल वालेटका कर्मचारी भएको भन्दै केवाइसी (KYC) अपडेट गर्ने ...

लहानको नयाँ बजारमा श ...

ओम प्रकाश यादव लहान, असोज २६ । “शौचालय बनाऔँ, सम्मान र स्वास्थ्य जोगाऔँ!” भन्ने नारासहित ...

गोलबजारमा अवैध ग्राभ ...

ओम प्रकाश यादव, लहान असोज २६। सिरहाको गोलबजार नगरपालिका–१ बलडाँडा मुसहरस्थित क्षेत्रमा अवैध रू ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤