धादिङमा थपिए २ वटा एम्बुलेन्स, गर्भवती र सुत्केरी महिलालाई निःशुल्क सुबिधा दिने

  • माघ २५, २०७७
  • ६३६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

धादिङ २५ माघ  । गङ्गाजमुना गाउँपालिका धादिङमा आइतबार एम्बुलेन्स सेवाको सुभारम्भ गरिएको छ । गाउँपालिका अन्तरगत फूलखर्क ग्रामीण अस्पताल, बसेरी र बुढाथुम स्वास्थ्य चौकीको लागि २ वटा एम्बुलेन्स खरिद गरी आइतबारबाट सञ्चालनमा ल्याइएको गाउँपालिकाका स्वास्थ्य संयोजक दिपक अधिकारीले जानकारी दिुनभयो । गाउँपालिकाका सम्पूर्ण नागरिकलाई सुलभ र छिटो स्वास्थ्य सेवा उपलब्ध गराउने र तत्काल स्वास्थ्य संस्थासम्म ल्याउने उद्देश्यका साथ गाउँपालिकाको बजेटमा रु. २१ लाख १ हजार ६ सय ९० लागतको २ वटा एम्बुलेन्स खरिद गरी आइतबार सम्बन्धित स्वास्थ्य संस्थाहरुलाई हस्तान्तरण गरिएको हो ।

मधेश मिडिया 1

गर्भवती र सुत्केरी महिलाहरुका लागि निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने गाउँपालिकाको नीति अनुरुप पालिकाका सबै वडाहरुलाई समेट्ने गरी एम्बुलेन्स सेवा विस्तार गरिएको स्वास्थ्य संयोजक अधिकारीले जानकारी दिनुभयो । गंगाजमुना गाउँपालिकाले यसअघि नै जटिल किसिमका गर्भवती र सुत्केरी महिलाका लागि निःशुल्क हवाइ सेवा समेत सञ्चालन गरिसकेको छ । थप गरिएका २ सहित गंगाजमुना गाउँपालिकामा ३ वटा एम्बुलेन्स सञ्चालनमा आएका छन् । पालिकाका सबै वडाहरुमा एम्बुलेन्स सेवा विस्तार गर्ने लक्ष्य रहेको गाउँपालिका अध्यक्ष बलबहादुर अधिकारीले बताउनु भयो ।

वडा नं. ५ का अध्यक्ष रामचन्द्र अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका अध्यक्ष बलबहादुर अधिकारीको प्रमुख आतिथ्यता, प्रमुख प्रशासकीय अधिकृत विनोद रोका, वडा नं. ३, ४ र ७ का वडा अध्यक्षहरुको आतिथ्यता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

५ बर्षिय छोरा हत्या ...

रहमुल लहान १३ बैशाख आफ्नै ५ वर्षिय छोराको हत्या अभियोगमा लहानबाट एक महिलालाई सिरहा प्रहरीले नियन्त्र ...

नेपाल छात्रवृत्ति सम ...

रहमुल लहान १३ बैशाख । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिकाको सभाहलमा सेभ द चिल्ड्रेनको सहयोगमा र नेपा ...

नेपाल पत्रकार महासंघ ...

बिसुनदेव सरदार लहान, १२ बैशाख । नेपाल पत्रकार महासंघ सिरहाको १४ औं साधारणसभा भव्यताका साथ सम्पन्न भए ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

hit counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१