Siraha Times
ताजा समाचार

१ करोडको लागतमाबन्ने स्वास्थ्यचौकीको कल्याणपुर न.पा.को का.वा. मेयर रोहिणी यादब द्धारा शिलान्यास

  • माघ २५, २०७७
  • १०३२ पटक पढिएको
  • संजय महरा
alt

सिरहा २५ माघ । सिरहा जिल्लाको कल्याणपुर नगरपालिकाको वडा नम्बर ९ मा एक कार्यक्रम गरि कल्याणपुर नगरपालिका का कार्यवाहक मेयर रोहीणी कुमारी यादबले १ करोडको लागतमा आज शिलान्यास गरेकिछिन । कल्याणपुर नगरपालिका वडा नम्बर ९ डुमरिका जनसमुदायलाई विमारि वा अस्वस्थ हुदा ओषधि गराउन टाढा जाने गरेकोले अव नजिकै आफनै वडा मा ठूलो स्पताल भएपछि छिटो विमारिलाई समयमा उपचार गराउन सजिलो हुने भएकोले आफुले यो पहल गरि स्पताल बनाउन लागेको कार्यवाहक मेयर रोहिणी यादबले बताउनु भएको हो । मेयर यादबले आफुले शिक्षा, स्वास्थ्य लगायतमा कुनै प्रकारको कठिनाई हुननदिने समेत बताउनुभएको हो । मेयर रोहिणी ले स्पताल छिटो निमार्ण गर्नका लागि टेन्डर मार्फत चाडो नै निर्माण गर्न लागेको समेत बताउनुभएको हो । उवाहाका अनुसार मेरो कार्यकालमा औषधि नपाएर कुनै व्यक्तिको अनाहकमा ज्यान नजानकैलागि नगरिपालिका भित्र जाहा जाहा अस्पातलछैन त्यहा आफुले स्पताल बनाउन लागेको हुँ ।मेयर रोहिणी यादवले आफनो नगरपालिकालाई समृद्ध बनाउनकालागि आधारभुत शिक्षा, स्वास्थ्य, र खानेपानि, भौतिक निमार्ण तथा रोजगार सृजनामा ध्यानकेन्द्रीत गरेर विकासको निमार्णमा प्राथमिकतासाथ अगाडी बढीरहेको समेत बताउनुभएको हो । कल्याणपुर नगरपालिका वडा नम्बर ९ मा शिलान्यास कार्यक्रममा कल्याणपुर नगरपािलका वडा नम्बर ९ का वडा अध्यक्ष सूर्यनाथ यादब , त्यहि वडा का जग्गा दाता बिनोद यादब र जनता समाजबादी पार्टी कल्याणपुरका नगर अध्यक्ष रामबावु यादवको शिलान्यासमा सहभागिता समेत रहेको थियो । शिलान्यास कार्याक्रममा कल्याणपुर नगरपालिकाको विभिन्न वडाका वडा अध्यक्षहरु र प्रमुख प्रशासकिय अधिकृत जयप्रकास दास, योजना शाखा प्रमुख ललन कर्ण, तथा जनसमुदायहरुको अगुवा, बुद्धिजिवि लगायतको सहभागिता रहको थियो ।

प्रतिक्रिया दिनुहोस

लहान–२२ मा ‘घर–घरको ...

लहान, साउन ४ । लहान नगरपालिकाले सञ्चालन गर्दै आएको ‘घर–घरको शान, स्वच्छता अभियान’ ...

आकस्मिक स्वास्थ्य से ...

बारा ३ भदौ। सिमरा विमानस्थलमा बुधबारदेखि निःशुल्क स्वास्थ्य सहायता कक्ष (हेल्थ डेस्क) सञ्चालनमा आएको ...

चार सदस्य चयन, बाँकी ...

रहमुल, लहान, ३ भदौ । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–१ मौवाहीस्थित श्री जनता माध्यमिक विद् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१