ताजा समाचार

जनता अधारभुत विद्यालयमा लगाइएको ताला खुलाउन,अप्पन बेल्ही युवा क्लबको ध्यानाकर्षण

  • माघ २५, २०७७
  • ९५७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विसुन देव सरदार लहान , २५ माघ। सप्तरीको बलान बिहुल गाउँपालिका वडा नम्बर ४ मा रहेको श्री जनता आधारभूत विद्यालयमा करिब १० दिन देखी लागेको ताला खुलाउन अप्पन बेल्ही युवा क्लबको ध्यानाकर्षण भएको छ। क्लब अध्यक्ष रोशन कुमारले विशेष अन्तर्वार्तामा श्री जनता आधारभूत विद्यालयका प्रधानध्यापक सुकदेव प्रसाद साह यस्तो थियोे ।

अहिले विद्यालयको अवस्था अवस्था गम्भीर देखिएको छ। विद्यालय भनेको शान्ति क्षेत्र भनेर बुझिन्छ तर यस्तो ठाउँमा किन राजनीति , विद्यार्थीको भविष्यमाथि खेलवाड भइरहेको छ। विद्यालय एउटा भविष्य निर्माण ठाउँ मात्र नभएर जहाँबाट नयाँ जीवनको सुरुवात पनि हुन्छ विद्यालयमा विद्यार्थी पढन आउनु र गेटबाट घुमेर जानू यो कस्तो विडम्बना । २०७७ माघ ११ मा विद्यालयमा आएको नव प्रअ सुकदेव प्रसाद शाह हो।

गत माघ ११ देखी लगाइएको ताला अहिलेसम्म खुलेको छैन । प्र अ का अनुसार तालाबन्दी बेलामा म कामले बाहिर थिए। प्रअ का अनुसार जस्ले तालाबन्दी गरेको हो त्यो यस विद्यालयको अभिभावक पनि नरहेको बताउँछ ।प्रअ भन्छ म अल्पसंख्यक हुँ त्यसैले यस्तो भईरहेको बताउँछन् । उता श्याम देव यादवले प्रअ लाई गालीगलौज , धाकधम्की दिएको प्रअको भनाइ रहेको छ।

अहिले विद्यालयमा २ वटा शिक्षक र १ का.स. रहेको छ। यता प्रअ साह भन्छ विद्यालयको गुणस्तर बढाउन लागिपरेको छु , दर्बन्दीको माग गर्छु , गाउँपालिकाबाट निजी श्रोतको माँग गर्छु। यो सँगै प्रअले विद्यालयको ताला खुलाउन बेल्ही प्रहरी चौकी , वडा कार्यालय , गाउँपालिका कार्यालयमा पत्राचार समेत गरेका थिए तर कुनै सुनवाइ भएको छैन । अभिभावकहरुले समेत गाउँपालिकामा निवेदन दिएका थिए तर कुनै ध्यानाकर्षण भएको छैन ।

विद्यालय पछि पर्नुका कारण विद्यालय व्यवस्थापन समिति गठन नहुनु , सम्पन्न भएको अन्यत्र विद्यार्थी पढाउनु , पिरमार्कामा विपन्नको विद्यार्थी पर्छ। यो सँगै वडा अध्यक्षको असवासन आइतबारदेखी विद्यालय खुल्छ। यता करोना कहरले विद्यार्थीको जीवन खाइदियो , अहिले विद्यालयमा पनि राजनीतिक उतार चठाव रहेको छ। यी कारणहरुले गर्दा विद्यालयको अवस्था एकदमै नाजुक र दयनीय रहेको अप्पन बेल्ही युवा क्लबका अध्यक्ष रोशन कुमार यादव , कोषाध्यक्ष कुमारकान्त झाले बताए ।

 

 

प्रतिक्रिया दिनुहोस

गौरमा केवाइसी अपडेटक ...

रामअधार यादव, रौतहट, २६ असोज। बैंक तथा डिजिटल वालेटका कर्मचारी भएको भन्दै केवाइसी (KYC) अपडेट गर्ने ...

लहानको नयाँ बजारमा श ...

ओम प्रकाश यादव लहान, असोज २६ । “शौचालय बनाऔँ, सम्मान र स्वास्थ्य जोगाऔँ!” भन्ने नारासहित ...

गोलबजारमा अवैध ग्राभ ...

ओम प्रकाश यादव, लहान असोज २६। सिरहाको गोलबजार नगरपालिका–१ बलडाँडा मुसहरस्थित क्षेत्रमा अवैध रू ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤