ताजा समाचार

ट्याक्सी जलाउने ओली पक्षकै कार्यकर्ता, अभियुक्त प्रहरी नियन्त्रणमा

  • माघ २४, २०७७
  • १४२१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

माघ २४।नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूहले बिहिबार देशभर आमहड्ताल गरेको थियो। त्यसैक्रममा काठमाडौंको सामाखुशीमा गुडिरहेको ट्याक्सीमा अज्ञात समूहले आगजानी गरेको थियो। ट्याक्सीमा आगो लगाउने प्रचण्ड–नेपाल समूहको कार्यकर्ता नभई ओली समूहको भएको पाइएको छ। ट्याक्सीमा आगो लगाउने त्रिचन्द्र कलेजमा पढ्ने कार्यकर्ता गोविन्द थपलिया रहेको पाइएको छ। उनलाई प्रहरीले शुक्रबार बिहान पक्राउ गरेको छ। थप अनुसान्धान भइरहेको प्रहरीले बताएको छ। यसअघि गत मंसिरमा उनी त्रिचन्द्र क्याम्पस प्रमूखलाई कुटेर पक्राउ परेका थिए।<>

काठमाडौ महानगरपालिका–२६ आत्मज्ञानस्थित सडकमा बिहिबार बिहान ६ः३० बजे प्रदेश ३–०१–००२ ज ५८८१ नम्बरको ट्याक्सीमा आगजानी गर्दा ट्याक्सी जलेर नष्ट भएको थियो।  संवैधानिक निकायहरूमा बलमिच्याई गर्दै नियुक्ति गरेको विरोधमा नेकपाको पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल पक्षले आमहड्तालको गरेको हो।By Sourse:Nepal Public

प्रतिक्रिया दिनुहोस

गौरमा केवाइसी अपडेटक ...

रामअधार यादव, रौतहट, २६ असोज। बैंक तथा डिजिटल वालेटका कर्मचारी भएको भन्दै केवाइसी (KYC) अपडेट गर्ने ...

लहानको नयाँ बजारमा श ...

ओम प्रकाश यादव लहान, असोज २६ । “शौचालय बनाऔँ, सम्मान र स्वास्थ्य जोगाऔँ!” भन्ने नारासहित ...

गोलबजारमा अवैध ग्राभ ...

ओम प्रकाश यादव, लहान असोज २६। सिरहाको गोलबजार नगरपालिका–१ बलडाँडा मुसहरस्थित क्षेत्रमा अवैध रू ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤