ताजा समाचार

शिक्षामा भ्रष्टाचार गर्ने जोसुकै होस माफ गर्दिन्न,अप्पन बेल्ही युवा क्लबका उपाध्यक्ष झा

  • माघ २४, २०७७
  • १०६३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विसुन देव सरदार लहान / २४ माघ। धन भन्दा पनि इमान र इमान भन्दा पनि आफ्नो गाउँ समाज ठुलो हो भन्ने कुरामा हामीले भुल्नु हुदैन्न। अब शिक्षामा भ्रष्टाचार गर्ने जोसुकै होस माफ गर्दिन्न, सप्तरीको बलान बिहुल गाउँपालिका वडा नम्बर ४मा रहेको अप्पन बेल्ही युवा क्लबका उपाध्यक्ष कुमरकान्त झाले भनेका छन।शिक्षाको उदेश्य अनुरुप काम हुन्नदिनु र निजी स्वार्थका लागि सार्वजनिक सेवाको दुरुपयोग गर्नु नै समग्रमा शैक्षिक भ्रष्टाचार हो। गुणस्तरहीन शिक्षक राखेर बालबालिकाको भविष्यमाथि खेलवाड गर्नु पनि शिक्षाको भ्रष्टाचार नै हो।

विद्यालयमा शैक्षिक सामाग्री व्यवस्थापनका लागि छुट्याएको बजेट शिक्षक नियुक्तिमा खर्च गरेको पनि देखिदै आइरहेको छ। त्यसैले सवैको समान सरुवा हुन नसकेको वातावरण देखिएको छ। समाज यस्तो निर्माण गर्नु जहाँ मानिसको इमानदारीताको किल्ला गाडी र ठुला महल जस्तो हुनुपर्छ । देशमा भौगोलिक , आर्थिक , सामाजिक अवस्था अनुकूल नहुने पाठ्यक्रमको निर्माण नगरिनु पनि एउटा बाध्यता हो। तालिम प्राप्त शिक्षक नियुक्ति नगरिनु , नियुक्ति भएका शिक्षकबाट प्रभावकारी शिक्षण नहुनु यी सबले गर्दा शैक्षिक विकास र गुणस्तरमा बाधा बनेको हो।

विद्यालयमा विद्यार्थीको नियमित उपस्थिति नहुनु , शैक्षिक लगानी नबुझ्नु , नियमित गृह कार्य नगर्नु , राम्रो नतिजा नल्याउनु , विद्यालयको गुणस्तर खस्किदै गईरहेको युवा झाले भनेका छन। युवा झाले भने त्यसैले अब युवाहरु जागिसकेका छन । शिक्षामा भ्रष्टाचार गर्ने आफ्नो आफन्त होस वा समाजको मान्छे कसैलाई माफ गर्दिन्नौँ। हामी सबै युवा प्रतिबद्धता र संकल्पित छौँ । शिक्षित समाज भ्रष्टाचारको एकमात्र उपचार । हामी सवैलाई चाहियो भ्रष्टाचारमुक्त बलान बिहुल।

अप्पन युवा जय युवा।

अप्पन बेल्ही युवा क्लब बलान बिहुल गाउँपालिका ४ सप्तरी ।

प्रतिक्रिया दिनुहोस

गौरमा केवाइसी अपडेटक ...

रामअधार यादव, रौतहट, २६ असोज। बैंक तथा डिजिटल वालेटका कर्मचारी भएको भन्दै केवाइसी (KYC) अपडेट गर्ने ...

लहानको नयाँ बजारमा श ...

ओम प्रकाश यादव लहान, असोज २६ । “शौचालय बनाऔँ, सम्मान र स्वास्थ्य जोगाऔँ!” भन्ने नारासहित ...

गोलबजारमा अवैध ग्राभ ...

ओम प्रकाश यादव, लहान असोज २६। सिरहाको गोलबजार नगरपालिका–१ बलडाँडा मुसहरस्थित क्षेत्रमा अवैध रू ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤