दलित विद्यार्थीलाई शिक्षकले कुटपिट गरे

  • माघ २३, २०७७
  • ११६९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

गदरसिँह करिम लहान, २३ माघ । लहान नगरपालिका वडा २० स्थित रहेको श्री मावि हनुमाननगर बह्मानगोर्छारीका एक विद्यार्थीलाई शिक्षकले कुटपिट गरेको छ । कक्षा ८ मा अध्ययनरत विद्यार्थी प्रिन्सकुमार रामलाई शिक्षक रामु यादवले अनाहकमा कुटपिट गरेको उनका अभिभावक राजेश रामले बताए ।                                                             

पीडित विद्यार्थीका बुवा राजेश रामले ‘मेरा छोराले विद्यालयमा आज रामु सर आएका छैन ? भनी साथीहरुमा कुरा राख्दा यो कुरा सरले सुने ’‘त्यसपछि मेरो छोरालाई बोलाएर रामु सरले लाती झापडले बेसरी कुटपिट गरी कान समातेर उठबस गर्न लगाएका छन् ।’ ‘छोरालाई उपचारको लागि लग्दा डाक्टरले कानमा चोट लागेर इन्फेक्सन भएको हो ’ बताए । अभिभावक रामले ‘विद्यार्थीलाई शारिरीक मानसिक यातना जस्ता दण्ड दिनु अपराध हो ।’ ‘यस्ता शिक्षकलाई कारवाही हुनुपर्छ’ उनले बताए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जितेन्द्र साहले ‘रामु सरले स्वँम आएर हामीलाई भने विद्यार्थीले अपशब्द भाषा प्रयोग गरेकोले विद्यार्थीलाई कुटपिट गरेको स्वीकारेका छन् ।’ ‘तर, शिक्षकले यस्तो पनि भने विद्यार्थीलाई कुटपिट गरेर गलती भएकै हो ।’‘आवेशमा कुटपिट गरिएको हो भनी अध्यक्ष साहलाई सुनाए थिए । त्यस विद्यालयका प्रअले ‘विद्यार्थीको उपचार खर्च मिलाउँछु ।

’ ‘विद्यार्थीले रमुआ सर आज आएन ?’ ‘अपशब्द प्रयोग गरेकोले शिक्षक यादवले कुटपिट गरेको हो’ उनले जिकिर गरे । पीडित विद्यार्थी रामले ‘यस्तो अपशब्द केही भनेका छैन ।’ ‘रामु सर आज आउँनु भएको छैन ? भनी उनको दावी छ । घटना माघ २१ गते भएको हो ।  उता, आक्रोशित अभिभावकले आफ्ना छोरालाई कुटपिट गरेको भनी माघ २२ गते स्थानीयको सहयोगमा विद्यालय पुगेर उपचार खर्चको व्यवस्थापन गर्न माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस

मेयर चौधरीद्वारा लहा ...

रहमुल,लहान २ पुस । सिरहाको लहान नगरपालिका–१ का नथुनी सदाय र ईसरवति मण्डलको निधन भएको खबर पाएपछ ...

‎जनमत पार्टीका मधेश ...

‎काठमाण्डाै मंसिर ०२ । जनमत पार्टीका मधेश प्रदेशका वरिष्ठ उपाध्यक्ष भरत चौधरीले पार्टी परित्याग ...

सुरुङ्गामा ३ दिने नि ...

रहमुल,लहान १ पुस । सप्तरीको सुरुङ्गा नगरपालिका र सगरमाथा चौधरी आँखा अस्पताल, लहानको प्राविधिक सहयोगम ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१