ताजा समाचार

विराटनगरमा गाडी तोडफोड गर्ने छ जना पक्राउ

  • माघ २२, २०७७
  • ८४३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विराटनगर, २२ माघ । गाडी तोडफोडमा संलग्न छ जनालाई प्रहरीले विराटनगरबाट पक्राउ गरेको छ । पक्राउ परेकाहरू नेकपाको पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहका कार्यकर्ता हुन् । मोरङ प्रहरीका प्रवक्ता डिएसपी मानबहादुर राईले गाडी तोडफोड गर्दैगर्दा दाहाल–नेपाल समूहका जिल्ला सङ्घर्ष समितिका सह–संयोजक पारुल क्षेत्री र महेन्द्र मोरङ क्याम्पस अनेरास्ववियुका सह–इन्चार्ज उमेश ढुङ्गानालाई पक्राउ गरिएको बताए ।

त्यस्तै तोडफोडमा संलग्न दाहाल–नेपाल समूहका कार्यकर्ता सारदा मैनाली, मीरा दाहाल, स ङ्गम चौधरी र चम्पा कार्कीलाई पनि नियन्त्रणमा लिएर घटनाको अनुसन्धान थालिएको जानकारी राईले दिए । उनका अनुसार पक्राउ परेकाहरूले जिल्ला जनस्वास्थ्य कार्यालय धनकुटाको बा १ झ ९११८ नम्बरको गाडी विराटनगर महानगरपालिका–२ तीनपैनी चोकमा तोडफोड गरेका थिए ।बन्दका बेला सरकारी गाडी चलाएकोभन्दै बन्दकर्ताले लाट्ठीले प्रहार गर्दा गाडीको पछाडिको सिसा फुटेको छ । सडकमा एक्कासि रोकेर गाडीमा आक्रमण गरिएको भए पनि कुनै मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।

त्यस्तै सडकमा अराजक शैली प्रस्तुत गरिरहेका दाहाल–नेपाल समूहका कार्यकर्ताले विराटनगर–१० रोडशेष चोकमा पनि एउटा भारतीय नम्बर प्लेटको स्कोरपिओ गाडी तोडफोड गरिदिएका छन् । तोडफोडबाट गाडीको पछाडिको सिसा फुटेको छ । तोडफोड हुन थालेपछि गाडी त्यहाँबाट चालकले भगाएका कारण नम्बर भने नखुलेको डीएसपी राईले बताए । प्रहरी पुगेपछि तोडफोडमा संलग्नहरू फरार बनेको र उनीहरूको खोजी भइरहेको जानकारी राईले दिए ।

यसैबीच विराटनगरमा बन्दकर्ताहरूले चिकित्सक चढेको सवारी साधन, नेपाल टेलिकम र विद्युत प्राधिकरणका गाडी पनि चल्न दिएका छैनन् । स्वास्थ्य संस्थाका सवारी साधनलाई पनि ठाउँठाउँमा रोकेर तोडफोडको प्रयास गरिएको छ । अति आवश्यकीय सवारी साधन पनि चल्न नदिइएको हो ।

प्रतिक्रिया दिनुहोस

गौरमा केवाइसी अपडेटक ...

रामअधार यादव, रौतहट, २६ असोज। बैंक तथा डिजिटल वालेटका कर्मचारी भएको भन्दै केवाइसी (KYC) अपडेट गर्ने ...

लहानको नयाँ बजारमा श ...

ओम प्रकाश यादव लहान, असोज २६ । “शौचालय बनाऔँ, सम्मान र स्वास्थ्य जोगाऔँ!” भन्ने नारासहित ...

गोलबजारमा अवैध ग्राभ ...

ओम प्रकाश यादव, लहान असोज २६। सिरहाको गोलबजार नगरपालिका–१ बलडाँडा मुसहरस्थित क्षेत्रमा अवैध रू ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤