जनकपुरमा प्रहरीद्वारा १२ राउण्ड हवाइ फायर, पूर्वमन्त्रीसहित ११ घाइते

  • माघ २२, २०७७
  • १०४७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान, २२ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव पक्षले आह्वान गरेको आम हड्तालका क्रममा जनकपुरमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ । जनकपुर उपमहानगरपालिकास्थित शिव चोकमा प्रचण्ड–नेपाल समूहका नेता कार्यकर्ता र प्रहरीबीच झडप भएको प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोलाले जानकारी दिए ।झडपमा प्रहरीले लाठीचार्ज गर्नुका साथै १२ राउण्ड हवाइ फायर गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । झडपका क्रममा प्रचण्ड–नेपाल समूहका केन्द्रीय सदस्य रामचन्द्र झासहित ११ जना घाइते भएका छन् ।

ता झाको टाउकोमा चोट लागेको छ । पूर्वमन्त्रीसमेत रहेका नेता झालाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर लगिएको छ । प्रहरीले बन्दकर्तामाथी दमन गरेको भन्दै आक्रोशित बन्दकर्ताले ना १ क ५१२ नम्बरको प्रहरीको भ्यान र ज १ च १५७० नम्बरको मालसमान ढुवानी गर्ने गाडीमा तोडफोड गरेका छन् । प्रहरीले नाै जना बन्दकर्तालाई पक्राउ गरेको जनाएको छ । झडपमा केही प्रहरी पनि घाइते भएका छन् । घाइतेहरूको उपचार भइरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस

मधेस प्रदेशको कृषि स ...

रहमुल लहान ३० साउन अहिलेको मधेस प्रदेशको कृषि सम्बन्धी अवस्थाको बारेमा भन्नु पर्दा वर्तमान संकट, प्र ...

ओम शान्ति आश्रम, बथन ...

रहमुल लहान, साउन २९ । सिरहा जिल्लाको लहान नगरपालिकास्थित ओम शान्ति आश्रम, बथनाहामा यस वर्षको कृष्ण ज ...

बलान नदीमा डुबेर बाल ...

ओम प्रकाश यादव, लहान, साउन २९। सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–३ परीहारपुरका १४ वर्षी ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१