Siraha Times
ताजा समाचार

आम हडतालका कारण जनजीवन प्रभावित

  • माघ २२, २०७७
  • १३२७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रोहित कुमार मण्डल लहान, २२ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेको, असंवैधानिक तबरले संवैधानिक निकायमा पदाधिकारी नियुक्ति गरेको भन्दै (प्रचण्ड – माधव ) नेतृत्वको नेकपाले आह्वान गरेको एक दिने नेपाल बन्दका कारण तराइ मधेशको जनजीवन समेत प्रभावित भएको छ ।

पूर्व पश्चिम लोकराजमार्गमा यातायातका सवारी साधन चलेका छैन भने छिटफुट रुपमा मोटरसाइकल तथा साइकल मात्र चलेका छन भने एम्बुलेन्स, जयन्तीका गाडी मात्र चलेक छन् । अस्थायी ट्राफिक प्रंहरी पोष्ट कदमाहाका अनुसार, लामो तथा छोटो दूरीका यातायात साधन पुर्ण रुपमा ठप्प छन् । सिरहा , सप्तरी तथा उदयपुरबाट कुनै पनि भाडाका सवारी साधन नचलेको अस्थायी ट्राफिक प्रहरी पोष्ट कदमाहाले जनाएका छन् ।

सगरमाथा अञ्चलको प्रमुख व्यापारिक केन्द्रको रुपमा परिचित लहान तथा सिरहा सदरमुकाम सिरहा, गोलबजार, मिर्चैयाका बजारहरु, शैक्षिक संस्था तथा पसलहरु पूर्ण रुपमा पनि बन्द रहेका छन् भने औषधि पसल तथा होटलहरु खुल्ला रहेका छन् । लोकराजमार्गको सडक खण्डमा सवारी साधनका यातायात नचल्दा सुनसान देखिन्छ भने छिटफुट रुपमा मोटरसाइकल तथा साइकल मात्र चलेका छन । कुनै अप्रिय घटना हुन नदिन ठाँउ ठाँउमा नेपाल प्रहरी तथा सशस्त्र प्रहरी समेत परिचालन गरिएका छन् ।

प्रतिक्रिया दिनुहोस

मधेश प्रदेशकै दोस्रो ...

असार ४ । सप्तरीको खडक नगरपालिका लाई मधेश प्रदेशकै दोस्रो तथा जिल्लाकै पहिलो बालश्रम मुक्त नगरपालिका ...

फिफा विश्वकप २०२६ : ...

काठमाडौं असार ४। फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एल’ को खेलमा घानाले पानामालाई १– ...

चार मन्त्रालयसँग कान ...

काठमाडौं असार ४। कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले समयानुकूल र प्रभावकारी कानून नि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१