सितलहरका कारण तराईकमा जन जिवन प्रभावित

  • माघ २१, २०७७
  • ८७५ पटक पढिएको
  • रामएकवाल राम
alt

रोहित कुमार मण्डल लहान , २१ माघ । विगत चार दिनदेखि बढेको अत्यधिक सितलहर तथा चिसोका कारण तराई मधेशको जनजीवन अस्तव्यस्त हुन पुगेको छ भने चिसोकै कारण बिरामी हुनेको संख्या निरन्तर बढ्दै गएको छ ।

पुस महिनाको अन्तिम सातादेखि चलेको सितलहर तथा जाडोका कारण बालबालिका र वृद्धवृद्धा बढी विरामी हुने गरेको लहान अस्पताल तथा निजि किल्निक संचालकहरुले जनाएको छ । विगत केहि दिन देखि बढेको चिसो सितलहरले तराईका जिल्लाका ग्रामिण क्षेत्रका बालबालिका र वृद्धवृद्धामा समेत निमोनिया र कोल्ड डाइरियाको बिरामीको संख्या बढेको सप्तरीको सुरुङ्गा नगर पालिका ७ कुशहा स्थित रहेको नमुना मोडेल हेल्थकेयर पोलि क्लिनिक प्रालीका डा. सचिन कुमार चौधरीले बताउँदै भन्नुभयो,।

क्लिनिकमा त्यस्ता निकै विरामी उपचारार्थ आउने गरेको खासगरी गरीब र मध्यम परिवारका बालबालिका, वृद्धवृद्धामा रोगको प्रकोप बढी देखिएको र उनीहरु पर्याप्त मात्रामा न्यानो लुगा नलगाउँदा रोगको संक्रमण बढ्दै गएको उनको भनाई छ ।

यसबाट बच्न सितलहर तथा चिसो मौसमको समयमा घरबाट बालबालिकालाई नसिकिन तथा प्रयाप्त मात्रामा न्यानो लुगा, तथा तातो पानि खान उहाँले सुझाव दिनुभयो । केदिनदेखि जारी शित लहरका कारण न्यानो लुगा किन्नेहरुको संख्या दिनानुदिन बढ्दै गएको र यसै कारण न्यानो लुगाको खपत समेत बढेको कपडा व्यापारीहरु बताउँछन् ।

न्यानो लुगा किन्नेहरुको संख्यामा एक्काशी वृद्धि भएपछि ती सामानहरुको मूल्य बढनुको साथै पुरानो सामान पनि महंगो दरमा विक्री गर्ने गरेको गुनासो उपभोक्ताहरुले गर्न थालेका छन् । बढेको चिसोको कारण मान्छेसँगै पशु, चौपाया समेतमा विभिन्न किसिमको संक्रमण देखिन थालिएको छ ।

यत्ता चिसोको कारण तरकारी बाली सखाप हुने डर समेत हुन थालेको कृषकहरुको भनाई रहेको छ । वाक्लो हुस्सु र बढेको चिसोको कारण उचित मात्रामा तापक्रम नपाउँदा आलुको बोट सडदै गएको र गोलभेडा, रहर, गहुँ तथा अन्य बाली प्रभावित हुने गरेको कृषहरु बताउँछन् ।

केही दिनदेखि बढेको अत्यधिक चिसो तथा सितलहरका कारण सिरहाको लहान बजारमा न्यानो लुगा किन्नेहरुको संख्या दिनानुदिन बढ्दै गएको छ । न्यानो लुगा किन्नेहरुको संख्यामा एक्काशी वृद्धि भएपछि ती सामानहरुको मूल्य बढनुको साथै पुरानो सामान पनि महंगो दरमा विक्री गर्ने गरेको उपभोक्ताहरुले गुनासो गर्न थालेका छन् ।

प्रतिक्रिया दिनुहोस

लहान नगरपालिकामा निः ...

रहमुल, लहान, ११ फागुन । सिरहाको लहान नगरपालिकाले शिक्षा क्षेत्रमा महत्वपूर्ण पहल गर्दै गरिब तथा दलित ...

मधेसको पहिचान जोगाउन ...

उमेश कुमार साह बोदे बर्साईन : सप्तरी निर्वाचन क्षेत्र नम्बर–४ मा जनता समाजवादी पार्टी (जसपा) न ...

कांग्रेसका नेता–कार् ...

रहमुल, सिरहा १० फाल्गुन । आगामी निर्वाचन नजिकिँदै जाँदा सिरहा निर्वाचन क्षेत्र नं. १ मा राजनीतिक समी ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१