Siraha Times
ताजा समाचार

सिरहाको भगवानपुर गा.पा.- ३ मा शौच गर्न निस्केकी दलित किशोरीमाथि बलात्कार प्रयास

  • माघ २०, २०७७
  • २०१८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सिराहा : सिराहाको दक्षिणी सीमावर्ती भगवानपुर गाउँपालिका- ३ मा शनिबार मध्यराति एक १७ वर्षीया दलित किशोरीमाथि बलात्कार प्रयास भएको छ । बलात्कार प्रयास गर्ने सोही ठाउँका २३ वर्षीय युवक फरार भएका छन् । इलाका प्रहरी कार्यालय लहानका अनुसार पप्पु भनिने कन्हैया यादवले बलात्कार प्रयास गरेको जाहेरी परेको छ । इप्रका लहानका प्रमुख प्रहरी नायब उपरीक्षक डा. तपनकुमार दाहालले जाहेरी परेपछि किशोरीको स्वास्थ्य जाँच गरिएको बताए ।

‘शौच गर्न मध्यराति घरबाहिर गएका वेला २३ वर्षीय युवकले बलात्कारको प्रयास गरेको भनी पीडित परिवारले जाहेरी दिएको छ,’ डिएसपी दाहालले भने, ‘हामीले किशोरीको स्वास्थ्य जाँच गराएका छौँ, रिपोर्ट आएपछि आवश्यक प्रक्रिया अगाडि बढाउनेछौँ ।’ यादवले चार दिन पहिलेदेखि नै बलात्कार गर्ने धम्की दिएको किशोरीले बताएकी छिन् ।परिवारका अनुसार घरपछाडि लुकेर बसेका यादवले किशोरीलाई लछारपछार गरी बलात्कारको प्रयास गरेका थिए । किशोरी चिच्याएपछि युवक भागेका थिए । त्यसपछि गाउँलेहरूले घरमा लुकेर बसेका युवकलाई पक्राउ गरी राति नै ठाढी चौकीका दुईजना प्रहरीलाई बुझाएका थिए ।

तर, युवकको घरका महिलाहरूले प्रहरीबाट खोसेर युवकलाई पुनः भगाएको स्थानीयले बताएका छन् । युवक भारतीय सीमातर्फ भागेका छन् । युवक भागेलगत्तै घरमा ताल्चा लगाएर महिलासहित परिवारका अन्य सदस्य पनि फरार भएका छन् ।

प्रतिक्रिया दिनुहोस

बरियारपट्टी गाउँपालि ...

लहान, असार १० । बरियारपट्टी गाउँपालिकाले आर्थिक वर्ष २०८३/०८४ का लागि ५७ करोड ८२ लाख ८२ हजार २ सय ८७ ...

नवराजपुर गाउँपालिकाक ...

ओम प्रकाश यादव लहान, असार १० । सिरहाको नवराजपुर गाउँपालिकाको १९औँ गाउँसभा अधिवेशन सफलतापूर्वक सम्पन् ...

वाडा अध्यक्ष अमित ठक ...

​वीनोद अविरलअसार १०, सिराहा । सिराहाको धनगढीमाई नगरपालिका वडा नम्बर १४ स्थित अमिलटारमा पर्यटकीय क्षे ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१