ताजा समाचार

सडक निर्माणलाई लिएर झिटकोहियामा दुई पक्षबिच विवाद

  • माघ १९, २०७७
  • १३९९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

धनुषाको औरही गाउंपालिका वडा नं. १ झिटकोहियामा सडक निर्माणको विषयलाई लिएर विवाद भएको छ । डिहिवार स्थानदेखि कोनहर नदीसम्म नयां निर्माण हुन लागेको कृषि सडकलाई लिएर आईतवार दुई पक्षबिच विवाद भएको हो । स्थानीय रहमद राईन , अहमद राई , ईबराहिन राईन , सदाम राईन सहितका व्यतिmहरुले सडक कटान गर्न थालेपछि सोही स्थानका युवा जगरनाथ यादवले त्यसो नगर्न आग्रह गरेका थिए । पछि गाउंका स्थानीय , भद्रभलादमी , बुद्धिजीविहरुले सम्झाउन खोज्दा सडक कटान नरोकिने बताउंदै गाली गलोज गर्दै कोदालोसहित आक्रमण गर्न खोज्दा विवाद उत्पन्न भएको थियो । विवाद बढेपछि विकासे मुद्दालाई राजनीतिक मुद्दा बनाई एक अर्कामाथि आरोप लगाई फसाउने काम समेत बढेको स्थानीयहरुले जनाएको छ । स्थानीयहरुले घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारवाही गर्न स्थानीय प्रशासनसंग मांग गरेको छ ।
 
 
 

प्रतिक्रिया दिनुहोस

गौरमा केवाइसी अपडेटक ...

रामअधार यादव, रौतहट, २६ असोज। बैंक तथा डिजिटल वालेटका कर्मचारी भएको भन्दै केवाइसी (KYC) अपडेट गर्ने ...

लहानको नयाँ बजारमा श ...

ओम प्रकाश यादव लहान, असोज २६ । “शौचालय बनाऔँ, सम्मान र स्वास्थ्य जोगाऔँ!” भन्ने नारासहित ...

गोलबजारमा अवैध ग्राभ ...

ओम प्रकाश यादव, लहान असोज २६। सिरहाको गोलबजार नगरपालिका–१ बलडाँडा मुसहरस्थित क्षेत्रमा अवैध रू ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤