ताजा समाचार

नेपाल रजक सेवा समाजद्वारा बारा जिल्ला भेला सम्पन्न

  • माघ १९, २०७७
  • ९७६ पटक पढिएको
  • रामएकवाल राम
alt

बारा माघ १९।नेपाल रजक सेवा समाजद्वारा बारा जिल्लामा भेला सम्पन्न भएको छ।समाजमा भईरहेको विभिन्न समस्याहरु सामाजिक भेदभाव, सामाजिक कुप्रथा , सामाजिक बिकृती बिसंगती , अशिक्षा तथा गरिबी न्युनिकरण गर्न देश तथा बिदेश मा रहेको नेपाली रजक जनसमुदाय को युवाहरु द्वारा संचालित नेपाल रजक सेवा समाज को जिल्ला स्तरीय बैठक भेला बारा सम्पन्न भएको हो।

गत माघ १८ गते आइतवारको दिन जिल्ला स्तरिय बैठक अन्तरगत प्रदेश नं. २ बारा को महा गढिमाई न. पा.-४ दहियार मा आयोजित बैठकमा सिराहा, धनुषा, महोतरी सर्लाही लगायत जिल्लाहरु बाट आएका अतिथीहरु को सहभागिता र बारा को विभिन्न क्षेत्र बाट सहभागी बुद्धिजीवी तथा युवा हरु को सहभागितामा भेला सम्पन्न भएको हो।

सो कार्यक्रममा बारा तथा अन्य जिल्ला बाट सहभागी भएका रजक (धोबी ) जनसमुदाय को बुद्धिजीवी , समाजसेवी तथा युवाहरु को सहमती मा ठगा बैठा को अध्यक्षतामा सल्लाहकार सहित को नेपाल रजक सेवा समाज जिल्ला तदर्थ समिती बारा सर्वसम्मतिले चयन गरेका छन।

अध्यक्ष श्री जटाशंकर बैठा उपाध्यक्ष रामबहादुर बैठा सचिव रामबिनेश बैठा सह- सचिव आनन्द सागर माथुर कोषाध्यक्ष रमिता कुमारी सलाहकार लिम्बु बैठा , हिरालाल बैठा , रामचन्द्र साफी, बीरबहादुर बैठा ,शर्मा बैठा ,शिवपुजन बैठा , राजकिशोर बैठा सदस्यहरुमा रन्जन बैठा , सत्यनारायण बैठा , मदन बैठा ,कृष्ण बैठा , गीता बैठा , युराज बैठा समेत मनोनित रहेकोछ।त्यस्तै वरिष्ट सल्लाहकार तथा सल्लाहकार समेत को समिती चयन गरेका छन।

समाज को बुद्धिजीवी हरुले सामाजिक विभेद, सामाजिक बिकृती बिसंगती, सामाजिक कुप्रथा, अशिक्षा जस्ता बिषयलाई न्युनिकरण गर्न आ- आफ्नो मन्तव्य राखेका थिए।
नेपाल रजक सेवा समाज देश तथा बिदेश मा समेत क्रियाशिल रहेका छ्न। अन्त्यमा सेवा नै धर्म हो नारा का साथ बैठक सम्पन्न भएका नेपाल रजक संस्थाका माहासचिव नरसिंह रजक जानकारी दिनु भएको छ।

प्रतिक्रिया दिनुहोस

गौरमा केवाइसी अपडेटक ...

रामअधार यादव, रौतहट, २६ असोज। बैंक तथा डिजिटल वालेटका कर्मचारी भएको भन्दै केवाइसी (KYC) अपडेट गर्ने ...

लहानको नयाँ बजारमा श ...

ओम प्रकाश यादव लहान, असोज २६ । “शौचालय बनाऔँ, सम्मान र स्वास्थ्य जोगाऔँ!” भन्ने नारासहित ...

गोलबजारमा अवैध ग्राभ ...

ओम प्रकाश यादव, लहान असोज २६। सिरहाको गोलबजार नगरपालिका–१ बलडाँडा मुसहरस्थित क्षेत्रमा अवैध रू ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤