ताजा समाचार

प्रधानमन्त्री ओली आज सिरहा र धनुषा आउदै,

  • माघ १९, २०७७
  • ६३७ पटक पढिएको
  • रामएकवाल राम
alt

 सिरहा: प्रधानमन्त्री केपी शर्मा ओली आज धनुषा र सिरहा आउने भएका छन् । धनुषाको ढल्केवरमा विद्युत सव-स्टेशनको समुद्घाटन गर्न र सिरहामा स्वर्गिय हेमनारायण यादवको स्मृति दिवस मनाउन प्रधानमन्त्री ओली आउन लागेका हुन् ।

ढल्केवरमा चार सय केभिए क्षमताको विद्युत सव-स्टेशन निर्माण पुरा भइसकेको छ । आज विहान ११ बजे समुद्घाटन कार्यक्रम राखिएको छ । समुद्घाटन गर्न प्रधानमन्त्री ओलीसंगै उर्जामन्त्री टोपबहादुर रायमाझी समेत हेलिकप्टरबाट आउने बताइएको छ ।

यस्तै सिरहा सदरमुकाममा कम्यूनिस्ट नेता स्वर्गिय हेमनारायण यादवको १७ औं स्मृति दिवसको आयोजना नेकपाले गरेको छ । पूर्व सांसद यादवको हत्याको १७ वर्ष वित्दा कैयौं पटक कम्यूनिस्ट सरकार बनेपनि हत्यारालाई कानुनी दायरामा ल्याउन सकिएको छैन् ।

 

यादवलाई श्रद्धाञ्जली दिन आउन लागेका प्रधानमन्त्री ओलीले हत्यारालाई कानूनी दायरामा ल्याउने उद्घोष गर्ने स्रोतले जनायो । हत्यारालाई कारबाही नभएको भन्दै उनका छोरा डा. नविन पटक पटक कम्यूनिस्ट पार्टी परित्याग गरे । तर पछिल्लो समय नेकपा ओली समुहमा लागेका छन् ।

यादवको स्मृति दिवसको अवसरमा नेकपाले सिरहा क्याम्पस परिसरमा सभाको आयोजना गरेको छ । सभामा प्रधानमन्त्री ओली, उर्जामंत्री रायमाझी, मंत्रीहरु लीलानाथ श्रेष्ठ, प्रभु साह, जुली महतो समेत सहभागी हुनेछन् ।

प्रतिक्रिया दिनुहोस

गौरमा केवाइसी अपडेटक ...

रामअधार यादव, रौतहट, २६ असोज। बैंक तथा डिजिटल वालेटका कर्मचारी भएको भन्दै केवाइसी (KYC) अपडेट गर्ने ...

लहानको नयाँ बजारमा श ...

ओम प्रकाश यादव लहान, असोज २६ । “शौचालय बनाऔँ, सम्मान र स्वास्थ्य जोगाऔँ!” भन्ने नारासहित ...

गोलबजारमा अवैध ग्राभ ...

ओम प्रकाश यादव, लहान असोज २६। सिरहाको गोलबजार नगरपालिका–१ बलडाँडा मुसहरस्थित क्षेत्रमा अवैध रू ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤