Siraha Times
ताजा समाचार

चार चिनी उद्योगले उखु किसानलाई ५४ करोड बढी बक्यौता रकम भुक्तानी गरे

  • माघ १५, २०७७
  • ७११ पटक पढिएको
  • सिरहा टाइम्स
alt

माघ १५ गते । चार चिनी उद्योगले उखु किसानलाई ५४ करोड बढी बक्यौता रकम भुक्तानी गरेको पाइएको छ । रु ६५ करोड बढी बक्यौता रकममध्येमा मङ्गलबार साँझसम्म चारवटा चिनी उद्योगले रु ५४ करोड ३३ लाख १६ हजार बक्यौता रकम भुक्तानी गरेको जानकारी आएको गृह मन्त्रालयले जनाएको छ । सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट आएको जानकारी अनुसार श्रीराम सुगर मिलले सबै रकम भुक्तानी गरिसकेको मन्त्रालयका सूचना अधिकारी प्रेमलाल लामिछानेले जानकारी दिए ।

उनका अनुसार श्रीरामले सबै रकम भुक्तानी गरे तापनि तीन वटा चिनी मिलले बक्यौता रकम भुक्तानी गरिरहेका छन्। मन्त्रालयलको तथ्याङ्कअनुसार इन्दिर सुगर मिलले मङ्गलबारसम्म रु ३ लाख बक्यौता रकम किसानको खातामा पठाइसकेको छ । उक्त मिलको रु चार करोड ७० लाख बक्यौता रकममध्येमा खातामा रु एक करोड पचास लाख रकम जम्मा रहेको छ । यसैगरी रु आठ करोड ४१ लाख बक्यौता रकम रहेको लुम्बिनी सुगर मिलले रु पाँच करोड ११ लाख बक्यौता रकम किसानको खातामा पठाइसकेको छ भने उक्त मिलको खातामा रु तीन करोड ४० लाख रकम जम्मा रहेको उनले जानकारी दिए । अन्नपूर्ण सुगर मिलको रु १२ करोड ६३ लाख ७२ हजार बक्यौता रकम भुक्तानी गरेको छ ।

उक्त मिलले उखु किसानलाई रु १७ करोड बक्यौता रकम भुक्तानी गर्न बाँकी रहेको छ । उखुको बक्यौता रकम भुक्तानीको माग गर्दै काठमाडौँमा उखु किसानले आन्दोलन शुरु गरेपछि गृह मन्त्रालयले मङ्सिर ३० गते सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई चिनी मिलका सञ्चालकलाई कानून अनुसार कारवाही गर्न निर्देशन दिएको थियो। मन्त्रालयको निर्देशनपछि बक्यौता रकम भुक्तानी नगरेकोे भन्दै एकै व्यक्ति सञ्चालक रहेका अन्नपूर्ण र इन्दिरा सुगर मिलका सञ्चालकलाई प्रक्राउ गरिएको थियो। मिलका सञ्चालक प्रक्राउ गरेपछि रकम भुक्तानी शुरु गरेको उक्त मिलको अन्य मिलको तुलनामा धेरै बक्यौता रकम भुक्तानी गर्न बाँकी नै रहेको छ । लामो समयसम्म चिनी उद्योगले उखुको बक्यौता रकम भुक्तानी नगरेको भन्दै गत म्ङ्सिर २ गतेदेखि उखु किसानले काठमाडौँमा आन्दोलन शुरु गरेका थिए । आन्दोलनरत उखु किसान र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयबीच पुस १३ गते २१ दिनभित्र बक्यौता रकम भुक्तानी गर्न सहमति भएको थियो। उक्त सहमति अनुसारको समय माघ ५ गते नै सकिए पनि चिनी उद्योगहरूले अझैँ उखु किसानलाई सबै बक्यौता रकम भुक्तानी गरेका छैनन्।

प्रतिक्रिया दिनुहोस

सिराहाको मदन भण्डारी ...

विनोद अविरल,​सिराहा, ४ असार । सिराहा जिल्लाको धनगढीमाई नगरपालिका–१४ स्थित मदन भण्डारी स्मृति म ...

मधेश प्रदेशकै दोस्रो ...

ओम प्रकाश यादव लहान असार ४ । सप्तरीको खडक नगरपालिका लाई मधेश प्रदेशकै दोस्रो तथा जिल्लाकै पहिलो बालश ...

फिफा विश्वकप २०२६ : ...

काठमाडौं असार ४। फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एल’ को खेलमा घानाले पानामालाई १– ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१