सप्तरीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

  • माघ १५, २०७७
  • ५९६ पटक पढिएको
  • रामएकवाल राम
alt

सप्तरी : सप्तरीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।बिहीबार बिहान साढे ७ बजे हनुमाननगर कंकालिनी नगरपालिका-१ कोसी ब्यारेज नहरको बाटोमा बिग्रिएर रोकिराखेको रोलरमा मोटरसाइकल ठोक्किएको हो। पूर्वबाट पश्चिम जाँदै गरेको स ३ प ३०४७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई रोलरमा ठोक्किएको हो।दुर्घटनापछि तिलाठी कोइलाडी गाउँपालिका-३ सखरपुराका ३० वर्षीय शिवकुमार मुखिया, २० वर्षीय रामकुमार मुखिया र २५ वर्षीय राम अवतार खंङ घाइते भएका थिए।

घाइते भएपछि उपचारको लागि उनीहरूलाई विराटनगर गोल्डेन अस्पतालमा लगिएको थियो।उपचारको क्रममा चालक शिवकुमार मुखियाको साढे ८ बजे मृत्यु भएको प्रहरी नायब उपरीक्षक (डिएसपी) भुवनेश्वरप्रसाद साहले बताए । डिएसपी साहका अनुसार सो मोटरसाइकलमा तीन जना सवार थिए। उनको शव पोष्टमार्टमको लागि कोसी अस्पताल विराटनगरमा राखिएको छ।

 

प्रतिक्रिया दिनुहोस

कपिलवस्तु क्षेत्र नं ...

धर्मेन्द्र कुमार कुर्मी, विजयनगर  कपिलवस्तु चैत २४ । कपिलवस्तु क्षेत्र नं. ३ का प्रतिनिधिसभा सद ...

लहानमा ट्राफिक प्रहर ...

रहमुल, लहान २३ चैत्र । जिल्ला ट्राफिक प्रहरी कार्यालय लहान, सिरहाका प्रमुख ट्राफिक प्रहरी निरीक्षक श ...

उत्तर प्रसूति घरभेट ...

रहमुल, लहान २३ चैत्र । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिकामा आर्थिक वर्ष २०८१/०८२ अन्तर्गत सञ्चालन ग ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१