शीतलहरले जनजीवन प्रभावित

  • माघ १३, २०७७
  • ६०४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

राजेन्द्र महतो लहान माघ १३ गते।सिरहा लगायत तराई मधेशका अन्य जिल्लामा अत्याधिक चिसोले जनजीवन प्रभावित भएको छ । लगातारको शीतलहर र बाक्लो हुस्सु लाग्न थालेपछि अत्यधिक चिसोका कारण यहाँका जनजीवन निकै प्रभावित भएको हो । शीतलहरसँगै जाडोका कारण बिहान स्कूल एवं कलेज पढ्ने विद्यार्थी, पढाउने शिक्षकलगायत बिहानै काम गर्ने मजदुर धेरै प्रभावित बनेका छन् । शीतलहरका कारण वृद्धवृद्धा र केटाकेटी सबैभन्दा बढी प्रभावित भएका छन् । चिसो हावा चल्न थालेकाले बजार क्षेत्रमा यातायातका साधन अघिपछि भन्दा निकै कम चलेका छन् । यहाँ का शिक्षण संस्थाहरुमा समेत बिद्यार्थीहरुको न्युन उपस्थिति देखिएको छ।मौसम नखुलेको कारण यहाँका बजार क्षेत्रमा समेत मान्छेहरुको कम चहलपहल देखिन्छ ।  

शीतलहरसँगै अत्यधिक चिसो बढेपछि बालबालिकामा निमोनिया र श्वासप्रश्वासको सङ्क्रमण बढन सक्ने स्वास्थ्यकर्मी बताउछ्न। चिसो बढेपछि स्थानीय बासिन्दाले बिहानपख ठाउँ–ठाउँमा आगो ताप्न शुरु गरेका छन् । शीतलहरका कारण तरकारी बालीसमेत प्रभावित भएको कृषकहरु बताउछन् । शीतलहरले आलु, गोलभेँडा र अन्य सागपातमा समेत असर पुरयाएको स्थानीय कृषक दिपनारायण साह ले बताए ।

प्रतिक्रिया दिनुहोस

बालिका अपहरण गरी १ क ...

लहान फागुन ९ । चुनावको माहौल तातेको छ। सुरक्षा संयन्त्र चुनाव लक्षित शान्ति–सुरक्षा व्यवस्थापन ...

पर्सा जिल्लाको मूल स ...

वीरगंज, ७ फागुन । सामाजिक स्वयंसेवक एंव अधिवक्ता प्रमोद प्रसादले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभ ...

राष्ट्रिय समाचार समि ...

रहमुल, लहान, ७ फागुन । राष्ट्रिय समाचार समिति (रासस) जिल्ला कार्यालय लहान, सिरहाले आफ्नो ६५औँ वार्षि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१