ताजा समाचार

महोत्तरीमा टिपरको ठक्करबाट दुईको मृत्यु

  • माघ १२, २०७७
  • ६९९ पटक पढिएको
  • रामएकवाल राम
alt

सुभम सिंह राजपूत , महोत्तरी माघ १२ गते । महोत्तरीको औरही नगरपालिका–४ कठुधारमा टिपरको ठक्करबाट दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा औरही नगरपालिका–४ कठुधारका महबुल नदाफका १३ वर्षिय छोरा गुड्डु नदाफ र ठेगाना खुल्न नसकेको २० वर्षिय प्रमोद राम रहेका छन् ।

गौशाला–सम्सी सडक खण्ड अन्तरगर्त कठुधार चौकमा सम्सीबाट गौशाला तर्पm आउँदै गरेको ना८ख ९८० नम्बरको टिपरले ज ६ प १४०९ नम्बरको मोटरसाईकललाई ठक्करदिदां मोटरसाईकलमा सवार दुईजनाको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका सूचना अधिकारी प्रहरी निरीक्षक रंजन मिश्रले बताए ।

ना८ख ९८० नम्बरको टिपरले ज ६ प १४०९ नम्बरको मोटरसाईकललाई ठक्करदिदां मोटरसाईकलमा सवार दुईजनाको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका सूचना अधिकारी प्रहरी निरीक्षक रंजन मिश्रले बताउनुभयो । यता, ठक्कर दिने टिपर र चालकलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान शुरु गरिएकोे प्रहरी निरीक्षक मिश्रले बताएका छन्

प्रतिक्रिया दिनुहोस

गौरमा केवाइसी अपडेटक ...

रामअधार यादव, रौतहट, २६ असोज। बैंक तथा डिजिटल वालेटका कर्मचारी भएको भन्दै केवाइसी (KYC) अपडेट गर्ने ...

लहानको नयाँ बजारमा श ...

ओम प्रकाश यादव लहान, असोज २६ । “शौचालय बनाऔँ, सम्मान र स्वास्थ्य जोगाऔँ!” भन्ने नारासहित ...

गोलबजारमा अवैध ग्राभ ...

ओम प्रकाश यादव, लहान असोज २६। सिरहाको गोलबजार नगरपालिका–१ बलडाँडा मुसहरस्थित क्षेत्रमा अवैध रू ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤