ताजा समाचार

प्रदेश १ का मुख्यमन्त्री राई विवाहबन्धनमा बाँधिए

  • माघ ११, २०७७
  • ९९५ पटक पढिएको
  • रामएकवाल राम
alt

काठमाडौं : प्रदेश १ का मुख्यमन्त्री शेरधन राई बेहुला बनेका छन् ।  ४९ वर्षको उमेरमा मुख्यमन्त्री राईले २३ वर्षीया मोडल जाङमु शेर्पासँग आइतबार विवाह गरेका हुन् । 

 राजधानी काठमाडौंको एलिस पार्टी प्यालेसमा थोरै संख्यामा जन्ती लिएर मुख्यमन्त्री राई बेहुली लिन पुगेका हुन् । मुख्यमन्त्री राई भोजपुरका हुन् भने बेहुली बनेकी शेर्पाको पुर्ख्यौली संखुवासभा हो । 

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको समय भएको भन्दै मुख्यमन्त्री राईले सानो संख्यामा जन्ती लगेर विवाह गरेका हुन् ।

बेहुला बनेका मुख्यमन्त्री राई र बेहुली बनेकी शेर्पा परम्परागत पोशाकमा सजिएका छन् । विवाह समारोहमा पर्यटनमन्त्री भानुभक्त ढकाललगायत केही नेता पुगे पनि अन्य धेरै नेतालाई भने साँझ आयोजना गरिएको रिसेप्सनमा बोलाइएको छ ।

मुख्यमन्त्री राईको विवाहको रिसेप्सनमा राष्ट्रपति, प्रधानमन्त्रीलगायत उच्च अधिकारीलाई निम्ता दिइएको उनको निजी सचिवालयले जनाएको छ ।By:annpunapost.

प्रतिक्रिया दिनुहोस

गौरमा केवाइसी अपडेटक ...

रामअधार यादव, रौतहट, २६ असोज। बैंक तथा डिजिटल वालेटका कर्मचारी भएको भन्दै केवाइसी (KYC) अपडेट गर्ने ...

लहानको नयाँ बजारमा श ...

ओम प्रकाश यादव लहान, असोज २६ । “शौचालय बनाऔँ, सम्मान र स्वास्थ्य जोगाऔँ!” भन्ने नारासहित ...

गोलबजारमा अवैध ग्राभ ...

ओम प्रकाश यादव, लहान असोज २६। सिरहाको गोलबजार नगरपालिका–१ बलडाँडा मुसहरस्थित क्षेत्रमा अवैध रू ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤