ताजा समाचार

लागुऔषध कारोबारमा संलग्न भारतीय महिला सहित चार पक्राउ

  • माघ ११, २०७७
  • १६६० पटक पढिएको
  • सिरहा टाइम्स
alt

विसुन देव सरदार सिरहा लहान , ११ माघ। मोरङको विराटनगर १५ स्थित सिमा एरियाबाट प्रतिबन्धित लागु औंषध सहित एक भारतीय महिला पक्राउ परेकी छिन । पक्राउ पर्नेमा भारत अररिया जोगवनी ४ कि ४० वर्षिय लक्ष्मी देवी साह रहेकी छिन। उनलाई शुक्रबार सिमा प्रहरी चौकी रानीबाट खटिएको प्रहरी टोलीले स्पास्मो , प्रक्सिभोम ७२० ब्यालेट र फेनेरागन ६० एम्पुल सहित पक्राउ परेकी थिइन । यसैगरी झापाको दमक ८ स्थित सुतेमारी रोडबाट दुई जना लागु औंषध खैरोहिरोइन ब्राउनसुगर सहित पक्राउ परेका थिए।

पक्राउ पर्नेमा मोरङ रतुवामाई २ का २१ वर्षिय कनैया गनगाई र रतुवामाई ८ का २० वर्षिय राज कुमार गनगाई रहेका थिए। शुक्रबार विशेष सुराकका आघारमा ई. प्र. का. दमकबाट खटिएका प्रहरी टोलीले को. २१ प १०३ नम्बरको मोटरसाइकलमा सवार गरी आएका उनीहरु दुवै जनालाई नियन्त्रणमा लिएको छ। नियन्त्रण पश्चयात उनीहरूमाथि चेकजाँच गर्दा ३६ ग्राम खैरोहिरोईन , ब्राउनसुगर फेला पारी बरामद गरेका थिए। साथै निजहरूको साथवाट नगद ४ हजार ७ सय समेत बरामद गरिएका थिए। त्यस्तै झापाको मेचीनगर ६ स्थित मेची पुलबाट मोरङ उर्लाबारी २ का ३१ वर्षिय सुजन परियार लागु औंषध सहित पक्राउ परेका थिए। उनलाई शुक्रबार लुपिजेसिक १० एम्पुल , फेनारागन १० एम्पुल र डाइजेपाम १० एम्पुल लागुऔंषध सहित पक्राउ परेका थिए। यसरी लागु औंषध सहित पक्राउ परेका चारैजना उपर अनुसन्धान तथा कानुनी कारवाही भइरहेको ई. प्र. का. दमकले बताए ।

प्रतिक्रिया दिनुहोस

गौरमा केवाइसी अपडेटक ...

रामअधार यादव, रौतहट, २६ असोज। बैंक तथा डिजिटल वालेटका कर्मचारी भएको भन्दै केवाइसी (KYC) अपडेट गर्ने ...

लहानको नयाँ बजारमा श ...

ओम प्रकाश यादव लहान, असोज २६ । “शौचालय बनाऔँ, सम्मान र स्वास्थ्य जोगाऔँ!” भन्ने नारासहित ...

गोलबजारमा अवैध ग्राभ ...

ओम प्रकाश यादव, लहान असोज २६। सिरहाको गोलबजार नगरपालिका–१ बलडाँडा मुसहरस्थित क्षेत्रमा अवैध रू ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤