लाइसेन्सको लागि आवेदन दिनेकाे संख्या धेरै, परीक्षाका लागि ५ महिनासम्म कुर्नुपर्ने

  • माघ १०, २०७७
  • ७९६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

माघ १० । अनलाइन प्रणालीमार्फत आवेदन दिनेहरु धेरै भएकाले ४ देखि ५ महिनासम्म पनि परीक्षाको पर्खाइमा बस्नुपर्ने हुन सक्ने यातायात व्यवस्था विभागले जनाएको छ । अनलाइन प्रणालीमार्फत आवेदन दिएकाहरुको सिरियल क्रम अनलाइन प्रणालीमार्फत नै प्राप्त गर्न सकिने विभागले जनाएकाे छ । र त्यसै सिरियल नम्बरको आधारमा परीक्षाका लागि बोलाइने विभागका प्रवक्ता लोकनाथ भुषालले जानकारी दिनुभयो । अहिलेको भौतिक संरचना बढाउने काम नभएको तर आवेदकको संख्या भने बढेकाले समस्या भएकोले आवेदन दिने बित्तिकै परीक्षा दिन पाउने भन्ने नभएको उहाँको भनाइ रहेको छ । आवेदन दिएकाहरुमध्येबाट कार्यालय खुलेको दिन एक सयदेखि १ सय ५० जनासम्मलाई बोलाएर परीक्षा लिने गरेको विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

मापदण्ड विपरीत रासाय ...

रहमुल, लहान ९ पुस । सुक्खा खडेरी व्यवस्थापन, खाद्य सुरक्षा तथा जलवायु सहनशीलता अभिवृद्धिका लागि बाली ...

क्यान्सर पीडित दासला ...

ओम प्रकाश यादव लहान पुष ९ । सिरहा सेवा समाज, कतारले क्यान्सर रोगबाट पीडित एक नागरिकलाई उपचारका लागि ...

दलित जनकल्याण युवा क ...

ओम प्रकाश यादव लहान, पुष ७ । दलित जनकल्याण युवा क्लब लहान, सिरहाको १९औँ वार्षिक सामाजिक लेखाजोखा कार ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१