ताजा समाचार

लागु औषध ब्राउनसुगर एम्पुल सहित ३ जना पक्राउ फ़ाइल फोटो

  • माघ ९, २०७७
  • ९०४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विसुन देव सरदार सिरहा लहान , ९ माघ। झापा जिल्लाको दुई छुट्टाछुट्टै स्थानबाट लागु औषध , ब्राउनसुगर र एम्पुल सहित ३ जना पक्राउ परेका छन। विशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको टोलीले सिजुवा नगरपालिका २ का २१ वर्षिय कनैया गनगाई र २० वर्षिय राज कुमार गनगाई ३६ ग्राम नियन्त्रित लागु औषध ब्राउनसुगर सहित बिहीबार साँझ ६ वजेतिर दमक न. पा. - ८ बाट पक्राउ परेका थिए। यो सँगै लागु औषध नियन्त्रण ब्युरो काकडभिट्टा बाट खटिएको प्रहरी टोलीले मोरङको उर्लाबारी नगरपालिका २ का ३१ वर्षिय सुजन परियारलाई १० एम्पुल लुपिजेसिक , १० एम्पुल , फेनारागन र १० एम्पुल डाईजेपाम सहित मेचीनगर न. पा. ६ बाट पक्राउ परेका थिए। लागु औषध सहित पक्राउ परेका ३ नै जनाको अनुसन्धान भईरहेको ई . प्र. का. दमकले जनाए ।

प्रतिक्रिया दिनुहोस

गौरमा केवाइसी अपडेटक ...

रामअधार यादव, रौतहट, २६ असोज। बैंक तथा डिजिटल वालेटका कर्मचारी भएको भन्दै केवाइसी (KYC) अपडेट गर्ने ...

लहानको नयाँ बजारमा श ...

ओम प्रकाश यादव लहान, असोज २६ । “शौचालय बनाऔँ, सम्मान र स्वास्थ्य जोगाऔँ!” भन्ने नारासहित ...

गोलबजारमा अवैध ग्राभ ...

ओम प्रकाश यादव, लहान असोज २६। सिरहाको गोलबजार नगरपालिका–१ बलडाँडा मुसहरस्थित क्षेत्रमा अवैध रू ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤