ताजा समाचार

सुतिरहेका मजदुरमाथि ट्रक गुड्दा १५ को मृत्यु

  • माघ ६, २०७७
  • ६७५ पटक पढिएको
  • रामएकवाल राम
alt

एजेन्सी : भारतको गुजरातमा सुतिरहेका मजदुरमाथि ट्रक गुड्दा १५ जनाको मृत्यु भएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार मंगलबार बिहान किम–मानदभी सडकखण्डमा एक ट्रक मजदुरमाथि गुड्दा १५ जनाको मृत्यु भएको हो ।

घटनामा १२ मजदुरको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । अन्य तीन जनाको उपचारका क्रममा मृत्यु भएको हो ।

सो घटनामा केही मजदुर घाइते भएका छन् । घाइतेलाई उपचारका लागि अस्पताल लगिएको छ ।

गुजरात प्रहरीका अनुसार उखु बोकेको ट्याक्टरमा ट्रक ठोक्किएको थियो । ठोक्किएपछि अनियन्त्रित बनेको ट्रक सुतिरहेका मजदुरमाथि गुडेको थियो ।

प्रतिक्रिया दिनुहोस

भोटेकोशी बाढीमा बेपत ...

ओम प्रकाश यादव लहान, असोज १२ । रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीका क्रममा बेपत्ता भएका सखुवानन्का ...

डाँका, ज्यान मार्ने ...

ओम प्रकाश यादव लहान, असोज १२ । जिल्ला सिरहामा डाँका, ज्यान मार्ने उद्योग, लागूऔषध, हातहतियार खरखजाना ...

कृषकलाई एकताबद्ध गर् ...

रहमुल, लहान ११ असोज । सिरहाको लहान नगरपालिका–२३ मा रहेको प्रगति कृषि सहकारी संस्था लिमिटे ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤