ताजा समाचार

धनुषाधामका विद्यार्थीहरुले स्वेटर प्राप्त गरेपछि खुसि

  • माघ ५, २०७७
  • ९४३ पटक पढिएको
  • संजय महरा
alt

सिरहा/ माघ ५ गते, धनुषा जिल्लामा विगत ८ बर्षदेखि धनुषाधाम नगरपालिकाका कोठा टोल, बिचला टोल, जंगल टोल, सुन्दरपुर र मखनपुरका गरिब, दलित तथा बिपन्न बच्चाहरुलाई मिथिला वाईल्डलाईफ ट्रष्टले छोरा छोरी यूके, लिटल फिट यूके, महिला विकास जनवकालत केन्द्र, नेपाल र केही व्यक्तिहरुको सहयोगमा निःशूल्क ट्यूसन सञ्चालन गर्दै आईरहेका छन् । सबै विद्यार्थीहरु धनुषाधाममा अबस्थित सामुदायिक विद्यालयका विद्यार्थीहरु हुन् । नियमित कक्षा पश्चात उनीहरुलाई अलग अलग समयमा निःशूल्क ट्यूसन पढाईन्छ ।
हाल जम्मा २४७ जना आर्थीक रुपले बिपन्न परिवारका विद्यार्थीहरुलाई स्वेयटर वितरण गरिएको हो ।
अधिकांश बच्चाहरुलाई न्यानो कपडाको अभावमा विहान र बेलुका ट्यूसन आउन समस्या हुने गरेकोले स्वेयटर वितरण गरिएको हो । स्वेयटर वितरण गर्नाले न्यानो कपडाकै अभाबमा पढाई छोड्नुपर्ने समस्याबाट केही छुटकारा दिलाउने आशा राखेका छौं ।
यस स्वेयटर वितरणका लागि छोरा छोरी यूके, लिटल फिट यूके र जर्मनीका दम्पत्ति डा। माईकल हिस र बेटिना हेन्डीले आर्थीक सहयोग गरेका छन् ।वाईल्डलाईफ ट्रस्ट धनुषाका देवनारायण मण्डलले सहयोगि हाथहरूलाई धन्यवाद समेत दिएका छन ।

प्रतिक्रिया दिनुहोस

गौरमा केवाइसी अपडेटक ...

रामअधार यादव, रौतहट, २६ असोज। बैंक तथा डिजिटल वालेटका कर्मचारी भएको भन्दै केवाइसी (KYC) अपडेट गर्ने ...

लहानको नयाँ बजारमा श ...

ओम प्रकाश यादव लहान, असोज २६ । “शौचालय बनाऔँ, सम्मान र स्वास्थ्य जोगाऔँ!” भन्ने नारासहित ...

गोलबजारमा अवैध ग्राभ ...

ओम प्रकाश यादव, लहान असोज २६। सिरहाको गोलबजार नगरपालिका–१ बलडाँडा मुसहरस्थित क्षेत्रमा अवैध रू ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤