Siraha Times
ताजा समाचार

प्रेस संगठनको राष्ट्रिय भेला माघ ८ मा हुने

  • माघ ५, २०७७
  • ७८६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

काठमाडौं, माघ ५ प्रेस संगठन नेपाल केन्द्रीय कमिटीको आज सम्पन्न उपलब्ध सदस्यहरुको बैठकले दोस्रो राष्ट्रिय भेला यही माघ ८ गते बिहीबार काठमाडौं राजधानीमा गर्ने निर्णय गरेको छ । सङ्गठनका केन्द्रीय सह–संयोजक गणेश बस्नेतको अध्यक्षतामा भएको बैठकले नयाँ राजनीतिक परिस्थितिमा संगठनमा आवद्ध देशभरका सबै सदस्यहरुलाई एकताबद्ध र दिशानिर्देश गर्ने लक्ष्यका साथ भेलाको आयोजना गरेको हो । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यता तथा पार्टीका शीर्ष नेताहरुको विशेष आथित्यतामा हुने भेलामा संगठनका अगुवा, केन्द्रीय सदस्य, केन्द्रीय आयोगका सदस्य, पूर्वपदाधिकारी, प्रदेश कमिटीका पदाधिकारी र सदस्य, सङ्गठनबाट नेपाल पत्रकार महासङ्घमा प्रतिनिधित्व गर्ने वर्तमान र पूर्वपदाधिकारी, जिल्ला/प्रतिष्ठान र एसोसिएट शाखाका संयोजक-सह–संयोजकहरु सहभागी हुनुहुने सहसंयोजक बस्नेतले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस

सिराहाको मदन भण्डारी ...

विनोद अविरल,​सिराहा, ४ असार । सिराहा जिल्लाको धनगढीमाई नगरपालिका–१४ स्थित मदन भण्डारी स्मृति म ...

मधेश प्रदेशकै दोस्रो ...

ओम प्रकाश यादव लहान असार ४ । सप्तरीको खडक नगरपालिका लाई मधेश प्रदेशकै दोस्रो तथा जिल्लाकै पहिलो बालश ...

फिफा विश्वकप २०२६ : ...

काठमाडौं असार ४। फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एल’ को खेलमा घानाले पानामालाई १– ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१