ताजा समाचार

अप्पन बेल्ही युवा क्लब द्वारा कम्बल वितरण, गरिब दलित असहाय हर्षित

  • माघ ४, २०७७
  • १२६५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विसुन देव सरदार सिरहा लहान , ४ माघ। सप्तरीको बलान बिहुल गाउँपालिका वडा नम्बर ४ मा माघ २ गते शुक्रबार अप्पन बेल्ही युवा क्लब द्वारा गरिब , दलित , असहाय , र अत्ति विपन्न परिवारलाईलाई कम्बल वितरण गरेका छन। सप्तरीको बलान बिहुल गाउँपालिकामा अत्ति विपन्न र गरिब परिवारलाई कम्बल वितरण गरिएको कल्वका कोषाध्यक्ष कुमर कान्त झाले भनेका छन । पुस अन्तिम सातादेखि अत्यधिक चिसो बढेकोले कम्बल वितरण गरिएको छ। received_837155076845840 तराई भेगमा शितलहर सँगै मौसमले विकराल रुप लिएको हुदा गाउँपालिकाका गरिब , दलित , असाहाय र अत्ति विपन्न परिवारलाई वितरण गरेका छन। बाँचौ र बचाउ नाराका साथ उदेश्यले आयोजना गरिएको क्लबका अध्यक्ष रोशन कुमार यादव , उपाध्यक्ष मो. अताउल आलम , कोषाध्यक्ष कुमर कान्त झा , सचिव मो. सहादत आलम , सह सचिव ईन्जिनियर प्रदिप यादव , प्रमुख सल्लाहकार डा. रमेश पासवान , सल्लाहकार नन्द कुमार यादव , सदस्यहरु रबिन्द्र पासवान , संतोष यादव , रबिन यादव लगायतका व्यक्ति उपस्थितिमा वितरण गरिएका थिए। " शिक्षित समाज भ्रष्टाचारको एक मात्र उपचार " अप्पन बेलही युवा कल्बको मुल नारा रहेको अप्पन बेल्ही युवा कल्बका कोषाध्यक्ष कुमर कान्त झाले बताए ।

प्रतिक्रिया दिनुहोस

गौरमा केवाइसी अपडेटक ...

रामअधार यादव, रौतहट, २६ असोज। बैंक तथा डिजिटल वालेटका कर्मचारी भएको भन्दै केवाइसी (KYC) अपडेट गर्ने ...

लहानको नयाँ बजारमा श ...

ओम प्रकाश यादव लहान, असोज २६ । “शौचालय बनाऔँ, सम्मान र स्वास्थ्य जोगाऔँ!” भन्ने नारासहित ...

गोलबजारमा अवैध ग्राभ ...

ओम प्रकाश यादव, लहान असोज २६। सिरहाको गोलबजार नगरपालिका–१ बलडाँडा मुसहरस्थित क्षेत्रमा अवैध रू ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤