ताजा समाचार

बलिदानी दिवस मनाउन प्रदेश २ मा भोलि सार्वजनिक बिदा

  • माघ ४, २०७७
  • १९१८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

जनकपुरधाम : प्रदेश २ सरकारले सोमबार सार्वजनिक बिदा दिएको छ । ‘बलिदानी दिवस’को दिन प्रदेश सरकारले सार्वजनिक बिदा दिएको हो । ३ वर्षदेखि माघ ५ गतेलाई प्रदेश सरकारले बिदा दिँदै आएको छ । सिरहाको लहानमा ०६३ माघ ५ गते मधेश आन्दोलनको क्रममा विद्यार्थी रमेश महतो सहिद भएका थिए । पहिलो सहिद महतोको सम्झनामा बलिदानी दिवस मनाइँदै आएको छ । दिवसका दिन प्रदेश सरकारले कुनै औपचारिक कार्यक्रम भने आयोजना गरेको छैन । डा. सीके राउत नेतृत्वको जनमत पार्टीले भने लहानमा सभाको आयोजना गरेको छ ।

siraha 5

प्रतिक्रिया दिनुहोस

गौरमा केवाइसी अपडेटक ...

रामअधार यादव, रौतहट, २६ असोज। बैंक तथा डिजिटल वालेटका कर्मचारी भएको भन्दै केवाइसी (KYC) अपडेट गर्ने ...

लहानको नयाँ बजारमा श ...

ओम प्रकाश यादव लहान, असोज २६ । “शौचालय बनाऔँ, सम्मान र स्वास्थ्य जोगाऔँ!” भन्ने नारासहित ...

गोलबजारमा अवैध ग्राभ ...

ओम प्रकाश यादव, लहान असोज २६। सिरहाको गोलबजार नगरपालिका–१ बलडाँडा मुसहरस्थित क्षेत्रमा अवैध रू ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤