ताजा समाचार

देशमा राजनीतिक उथलपुथल सँगै नेकपाका कार्यकर्ता पनि दुई गुटमा विभाजित

  • माघ ४, २०७७
  • ७७५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विसुन देव सरदार सिरहा लहान , ४ माघ। प्रतिनिधि सभाको विघटन गरेर इतिहासमा प्रघानमन्त्री केपी शर्मा ओलीले दाग मात्र लगाएन्न। देशमा जनतालाई सडकमा आउनको लागि विवस पनि पारे। संविधानको विपरीत र जनताको इच्छा विपरीत कुण्ठित आम जनता गोलबद्ध भई प्रतिनिधि सभाको पुनर्सथापनाको माग राखी विभिन्न स्वरुपका आन्दोलन देशभरी गरिरहको अवस्थामा धोती जुलुस निकालेर आम मधेसी जनतालाई पङ्ग बनाउने कोसिस गरेको देखिन्छ । आफ्नै पार्टीको कार्यकर्ता नचिन्ने अनि कम्युनिस्टलाई देशमा कमजोर वनाउने केपी शर्मा अोलीले भारतीय पत्रकार सुधीर चौधरीलाई सगरमाथाको बारेमा बोलिरहदा केही गर्न नसक्ने सरकारले धोती जुलुस निकालेर मधेसीको समस्या बुझ्ला त ? ओलीको नेतृत्ववाद विरक्त भई पालिकाका जनप्रतिनिधिहरु यतिबेला विभाजित गुटमा देखिएका छन।

उदयपुरमा जम्मा ८ पालिका मध्ये ७ पालिकाका जनप्रतिनिधिहरु नेकपा बाट निर्वाचित भएका हुन। राजनीतिक तरलता सँगै कटारी नगरपालिका र बेलका नगरपालिका बाहेक अरु पनि सबै माधव प्रचण्ड पक्षधर रहेको बझिएको छ। त्रियुगा नगरपालिका मेयर बलदेव चौधरी , उदयपुरगढी गाउँपालिका प्रमुख मान बहादुर राई , रौतामाई गाउँपालिका प्रमुख गजेन्द्र बहादुर खडका , ताप्ली गाउँपालिका प्रमुख उद्धव सिंह थापा , लिम्चुङ गाउँपालिका प्रमुख मेजर कुमार राई लगायतका छन।

यसरी जनादेशको सम्मान विपरीत प्रतिनिधि सभाको विधटन गरेपछि उदयपुरमा ८० प्रतिशत जनता र कार्यकर्ता प्रचण्ड माधव पक्षधर ओली रहेको बसझिएको छ। चौतर्फी विरोधका बिचमा उभिएका ओली सरकारको आउने चुनावी कस्तो होला गाउँ गाउँबाट मन्त्री नेताहरू लखेटिदै आएको वर्तमान घडीमा आम जनता उखान टुक्का र मधेसी , आदिवासी , जनप्रतिनिधि , दलित , मुस्लिम , महिला , आदिको हित विपरीत काम गर्ने सरकारको पछि नरहेको देखिन्छ । सिरहाको धनगडीमाई नगरपालिका बाट तथा सामुदायिक रेडियो सौगात एफएमका सहकर्मी साथि पत्रकार विनोद मण्डलले जानकारी गराए।

 

प्रतिक्रिया दिनुहोस

गौरमा केवाइसी अपडेटक ...

रामअधार यादव, रौतहट, २६ असोज। बैंक तथा डिजिटल वालेटका कर्मचारी भएको भन्दै केवाइसी (KYC) अपडेट गर्ने ...

लहानको नयाँ बजारमा श ...

ओम प्रकाश यादव लहान, असोज २६ । “शौचालय बनाऔँ, सम्मान र स्वास्थ्य जोगाऔँ!” भन्ने नारासहित ...

गोलबजारमा अवैध ग्राभ ...

ओम प्रकाश यादव, लहान असोज २६। सिरहाको गोलबजार नगरपालिका–१ बलडाँडा मुसहरस्थित क्षेत्रमा अवैध रू ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤