ताजा समाचार

नेपाली कांग्रेसको जनकपुरमा भव्य प्रर्दशन

  • माघ ३, २०७७
  • ८८४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

नेपाली काँग्रेसले शनिवार जनकपुरधाम उपमहानगरपालिकासहित देशभरका ७ सय ५३ वटै स्थानीय तहमा विरोध प्रदर्शन गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेको विरोधमा काँग्रेले गरेको चरणवद्ध आन्दोलनको घोषणा अन्तर्गत शनिवार विरोध प्रर्दशन गरिएको नेपाली कांग्रेस जनकपुरधाम उपमहानगरपालिका नगर समिति सभापति मनोज साहले बताएका छन । पूर्व घोषित कार्यक्रम अन्तर्गत आज देशभरका ७ सय ५३ वटै स्थानीय तहमा प्रतिनिधिसभा विघटन विरुद्ध प्रदर्शन गरिएको हो । नेपाली कांग्रेस जनकपुरधाम उपमहानगरपालिका नगर सभापति मनोज साहको नेतृत्वमा जनकपुरधाम गोपाल धर्मशालाबाट निस्केको मोटरसाइकल जुलुस नगरको राम चोक , जनक चोक , शिव चोक , भानुचोक सहित नगरको विभिन्न भागको परिक्रमा गर्दै जनक चोकमा पुगी कोण सभा भएको थियो । कोणसभालाई नगर सभापति मनोज साह, नेपाली कांग्रेस धनुषा सभापति महेश शंकर गिरी , नगर सचिव रविन्द्र सिंह लगायतका नेताहरुले सम्बोधन गरेका थिए ।
संसद विघटनको कार्यलाई नेपाली काँग्रेसले असंवैधानिक र अलोकतान्त्रिक ठहर गरेको छ । यस अघिकाँग्रेसले पुस १३ गते १ सय ६५ निर्वाचन क्षेत्रमा र पुस २५ गते ३ सय ३० प्रदेशसभा निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस

गौरमा केवाइसी अपडेटक ...

रामअधार यादव, रौतहट, २६ असोज। बैंक तथा डिजिटल वालेटका कर्मचारी भएको भन्दै केवाइसी (KYC) अपडेट गर्ने ...

लहानको नयाँ बजारमा श ...

ओम प्रकाश यादव लहान, असोज २६ । “शौचालय बनाऔँ, सम्मान र स्वास्थ्य जोगाऔँ!” भन्ने नारासहित ...

गोलबजारमा अवैध ग्राभ ...

ओम प्रकाश यादव, लहान असोज २६। सिरहाको गोलबजार नगरपालिका–१ बलडाँडा मुसहरस्थित क्षेत्रमा अवैध रू ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤