ताजा समाचार

मेलम्चि खानेपानी परियोजनामा कार्यरत निधन भएको इन्जिनियर सतिस गोइतका दाई आशिस गोइतलाई जागिर दिइयो

  • माघ ३, २०७७
  • १३०४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

जनकपुरधाम, माघ ३ । मेलम्चि खानेपानी परियोजनामा कार्यरत रहेको अवस्थामा निधन भएको इन्जिनियर सतिस गोइतका दाई आशिस गोइतलाई जागिर दिइएको छ । मेलम्चि खानेपानी परियोजनामा कन्ट्रेक्टरको तर्फवाट कार्यरत्त मृतक इन्जिनियर गोइतको निधन भए लगतै आन्दोलनरत्त इन्जिनियरहरुले उनको परिवारवाट एकजनालाई जागिर दिनुपर्ने लगायतका माग राख्दै आन्दोलित भएका थिए । आन्दोलनरत्त इन्जिनियरहरु र खानेपानी मन्त्रालय विच भएको पाँच वुन्दे सहमति अनुसार उनको दाईलाई जागिर दिइएको हो ।
प्रोग्रेसिभ इन्जिनियर एसोसिएसन नेपाल प्रदेश नम्वर २ का इन्चार्ज रामएकवाल यादव र अध्यक्ष इन्जिनियर सागर चौधरी लगायत धनुषा अध्यक्ष इन्जिनियर राजेशकुमार महतो र इन्जिनियर राकेश साह, संजय यादव लगायत संघीय खानेपानी कार्यालय प्रमुख इन्जिनियर राजेश कुशवाहा, मन्त्रालयका सचिव माधव वेलवासले संयुक्त रुपमा मृतक इन्जिनियर गोइतका दाजुलाई नियुक्तीपत्र प्रदान गरेका छन् ।
मृतक इन्जिनियर गोइतका परिवारले प्रोग्रेसिभ इन्जिनियर एसोसिएसनलाई धन्यवाद ज्ञापन गरेका थिए। नियुक्तिपत्र पाएका गोइत माघ १ गतेवाट कार्यालयमा कार्य गर्न थालेका इन्जिनियर रामएकवाल यादवले जानकारी दिएका छन् ।
 

प्रतिक्रिया दिनुहोस

गौरमा केवाइसी अपडेटक ...

रामअधार यादव, रौतहट, २६ असोज। बैंक तथा डिजिटल वालेटका कर्मचारी भएको भन्दै केवाइसी (KYC) अपडेट गर्ने ...

लहानको नयाँ बजारमा श ...

ओम प्रकाश यादव लहान, असोज २६ । “शौचालय बनाऔँ, सम्मान र स्वास्थ्य जोगाऔँ!” भन्ने नारासहित ...

गोलबजारमा अवैध ग्राभ ...

ओम प्रकाश यादव, लहान असोज २६। सिरहाको गोलबजार नगरपालिका–१ बलडाँडा मुसहरस्थित क्षेत्रमा अवैध रू ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤