Siraha Times
ताजा समाचार

बलानबिहुल मेयर कप क्रिकेटमा बोदेबरसाईन विजयी

  • माघ २, २०७७
  • ७२४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सप्तरी, ०२ माघ । सप्तरीको बलान बिहुल गाउँपालिकामा भएको प्रथम मेयर कप क्रिकेटमा बोदेबरसाईन बिजयी भएको छ । माघ १ गते भएको फाईनल खेलमा बैरिया टिमलाई ३९ रनले हराउँदै बोदेबरसाईन टिम बिजयी भएको आयोजकले जनाएको छ । टस हारेर पहिले ब्याटिङ गरेको बोदेबरसाईन टिमले १० बिकेटको क्षतिमा ८८ रन बनाएको थियो । ८९ रनको बिजय लक्ष्य लिएर मैदानमा उत्रेका बैरिया टिम १० बिकेटको क्षतिमा ४६ रन मात्र बनाउन सकेको आयोजकले बताए ।

गापा अध्यक्ष दयानन्द गोईतले बिजेता बोदेबरसाईन टिमलाई मेडल ट्रफी सहित नगद रु. १५ हजार प्रदान गरेको थिए । त्यस्तै, उपबिजेता बैरिया टिमलाई मेडल ट्रफी सहित नगद रु. १० हजार प्रदान गरिएको आयोजकले जनाएको छ । कृषि, शिक्षा, स्वास्थ्य, खेलकुद, व्यपारको अभिभारा, आत्मनिर्भर र सुन्दर बलान बिहुल बेल्ही युथ क्लबको मुल नाराको साथ सुरु भएको बलान बिहुल प्रिमियर लिग प्रथम टी २० मेयर कप क्रिकेट प्रतियोगिता माघ १ गते सम्पन्न भएको बेल्ही युथ क्लबका संस्थापक अध्यक्ष प्रकाश यादव (शंकर) ले बताए ।

गापा प्रमुख दयानन्द गोइतको प्रमुख आतिथ्यमा भएको फाईनल खेलमा बेल्ही युथ क्लबका सल्लाहकार कैलाश महरान, ई. पंकज यादव, विशेश्वर यादब स्मृति प्रतिष्ठानका सचिव दिगम्बर यादव, कार्यपालिका सदस्य हरि राम ,जसपा युवा नेता रामकृष्ण शाह, शिवनारायण यादव, विजय पासवान, अधिवक्ता जयकृष्ण गोइत लगायतका उल्लेखनीय उपस्तिथि रहेको थियो । बलान बिहुल गापा ४ स्थित बेल्हीको बलान स्टेडियममा भएको खेलमा जम्मा १६ वटा टिमको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

प्यारागन पब्लिक स्कु ...

ओम प्रकाश यादव लहान, साउन २८ । विद्यार्थीलाई समयानुकूल, व्यवहारिक तथा गुणस्तरीय शिक्षा प्रदान गर्ने ...

अन्तर्राष्ट्रिय युवा ...

ओम प्रकाश यादव, लहान, साउन २७ । अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर लहान नगरपालिका–२४ स्थित ...

कर्जन्हामा “सशक्त न् ...

लहान साउन २६ । नेपाल अपाङ्ग महिला संघ र मुक्ति नेपालको साझेदारी तथा Disability Rights Fund (DRF) को ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१