Siraha Times
ताजा समाचार

सिराहामा हात्ती आतंक,गाउँलेहरुमा त्रास

  • माघ १, २०७७
  • १४९९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

राजेन्द्र महतो सिराहा माघ १ गते। सिराहाको गोलबजार नगरपालिका मा २दिन देखि जंगली हात्तीले आतंक मचाएको छ । गोलबजार नगरपालिका -१ मुक्सार मा जंगली हात्तीले स्थानीय ७वटा घरहरू भत्काएपछि त्यहाका वासिन्दा आतंकित भएका हुन्। जंगली हात्तिले मंगबार राति स्थानीय समसती आले, आन्तलाल आले, शाङ्ले विश्वकर्मा, लालबहादुर साह, महेन्द्र ठाकुर, भुवन मगर सहित ७ जनाको घर भत्काएको वडा अध्यक्ष देववहादुर मगरले बताए ।

स्थानीय पीडित परिवारहरुको घरमा रहेको खाद्यान्नयका सरस्मान नस्ट गरेको स्थानीय ले बताए । पछिल्लो दुई दिनले हात्ति गाउँ पसेपछि स्थानीय जागराम वस्न थालेका छन्। दिनभरी नजिकैको जंगलमा वस्ने र राति गाउँ पस्ने गरेको स्थानीयले बताए । सिराहाको गोलबजार नगरपालिका र नजिकको गाउँहरुमा जंगली हाथीको आक्रमण बढेको छ। गोलबजार नगरपालिका को बासिन्दा जंगली हात्तीको आक्रमण बाट पीडित छन कसैको बालीनाली नै नस्ट गरेको छ त कसैको घर भत्काएको छ।

प्रतिक्रिया दिनुहोस

मधेश प्रदेशकै दोस्रो ...

असार ४ । सप्तरीको खडक नगरपालिका लाई मधेश प्रदेशकै दोस्रो तथा जिल्लाकै पहिलो बालश्रम मुक्त नगरपालिका ...

फिफा विश्वकप २०२६ : ...

काठमाडौं असार ४। फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एल’ को खेलमा घानाले पानामालाई १– ...

चार मन्त्रालयसँग कान ...

काठमाडौं असार ४। कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले समयानुकूल र प्रभावकारी कानून नि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१