ताजा समाचार

अवैध कुखुराको मासु सशस्त्रद्वारा नष्ट

  • पुस २९, २०७७
  • ९६५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

जनकपुरधाम  पुस २९ गते । भारतबाट अवैध रूपमा ल्याउँदै गरको बोइलर कुखुराको मासु जफत गरी सशस्त्र प्रहरीले नष्ट गरको छ । बिहान जलेश्वर नगरपालिका ५ स्थित चौरीयामा मोटरसाइकलमा राखी भारतबाट नेपालतर्फ ल्याउँदै गर्दा सशस्त्र प्रहरी बोर्डर नेपाल बिओपी मठिहानीका सशस्त्र प्रहरी निरीक्षक बलराम गौतमको कमाण्डमा खटिएको टोलीले १०० केजी कुखुराको मासु बरामद गरको थियो। वर्डफ्लु रोग भित्रिएसँगै सरकारले भारतीय सीमापारीबाट पंक्षी तथा पंक्षीजन्य वस्तु आयातमा रोक लगाएको अवस्थामा नेपाल स्थित सुरक्षार्थ खटिएका सुरक्षा निकायले काडाई गरको हो।

सशस्त्र प्रहरीले कुखुराको मासु र भारतीय वि आर ०६ क्यिू ४८२९ नम्वरको मोटरसाइल वेवारिसे अवस्थामा फेला पारे पनि कुखुराको मासु ल्याउने व्यक्ति प्रहरीलाई देख्न साथ फरार भएको कारण नियन्त्रणमा लिन सकेन । सीमा नाकामा कोविड र अहिले भारतमा फैलिदैगरेको वर्डफ्लू रोग नेपालमा नभित्रियोस भन्ने उद्देश्यका साथ काडा निगरानी गरिरहेको नेपाल बिओपी मठिहानीका सशस्त्र प्रहरी निरीक्षक बलराम गौतमले जानकारी दिए ।

बरामद गरिएको कुखुराको मासु स्थानीय वुद्धिजीवी,नागरिक समाज, पत्रकारलगायतको रोहवरमा सुरक्षित स्थानमा खाडल खनेर नष्ट गरिएको उनले बताए । यद्यपि सीमा क्षेत्रमा भने लुकिछिपी अवैध रुपमा कुखुरा तथा चल्ला ल्याउने क्रम नरोकिएको स्थानीयको आरोप छ ।

प्रतिक्रिया दिनुहोस

गौरमा केवाइसी अपडेटक ...

रामअधार यादव, रौतहट, २६ असोज। बैंक तथा डिजिटल वालेटका कर्मचारी भएको भन्दै केवाइसी (KYC) अपडेट गर्ने ...

लहानको नयाँ बजारमा श ...

ओम प्रकाश यादव लहान, असोज २६ । “शौचालय बनाऔँ, सम्मान र स्वास्थ्य जोगाऔँ!” भन्ने नारासहित ...

गोलबजारमा अवैध ग्राभ ...

ओम प्रकाश यादव, लहान असोज २६। सिरहाको गोलबजार नगरपालिका–१ बलडाँडा मुसहरस्थित क्षेत्रमा अवैध रू ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤