ताजा समाचार

ओलीजी कुर्सी भाँच्छु भन्नुहुथ्यो, संविधान नै भाँचिदिनुभयोः प्रचण्ड

  • पुस २९, २०७७
  • ७५० पटक पढिएको
  • रामएकवाल राम
alt

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड माधव नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी ओलीले संविधान नै भाँचिदिएको बताएका छन् । प्रचण्ड–माधव पक्षको काठमाडौं जिल्ला कार्यकर्ता भेलामा प्रचण्डले भने, ‘पहिले उहाँले कुर्सी भाच्छु भन्नुहुथ्यो । कुर्सी भाच्नु भयो भनेर फेरि बनाउला भन्ने थियो । तर उहाँले  त संविधान नै भाँचिदिनुभयो । लोकतन्त्र भाँचिदिनुभयो । राष्ट्रै भाँचिदिनुभयो।

यस्तै उनले भारतबाट जी न्यूजलाई बोलाएर प्रधानमन्त्री केपी ओलीले अन्तर्वार्ता दिएर नाटक मन्चन गरेको बताए । ‘जी न्युजलाई बोलाएर अन्तर्वार्ता दिनु ओलीको नाटक हो । एभरेष्टको नाम फेर्ने जी न्यूजको समाचारले ओलीको अन्तर्वाता नाटक हो भन्ने पुष्टि भएको छ । उहाँलाई विदेशी शक्ति आएर के के मन्त्र सुनाए त्यो थाहा भएकै हो । अहिले जी न्युजलाई उहाँले दिएको अन्तरवार्ता पनि हेर्यौ त्यो नाटकै हो । त्यसको पटाक्षप नै भैसकयो’  प्रचण्डले भने ।


कमिलाको प्वाँख उम्रिए जस्तै ओलीमा पनि प्वाँख पलाएको भन्दै अब उनको समय धेरै नभएको बताए ।उनले भने, ‘कमिलाको प्वाँख उम्रिएपछि सकिन्छ भन्छन् । उहाँ (केपी ओली) पनि सकिनुहुन्छ ।’ संविधान र गणतन्त्र मास्न खोज्ने ओलीमा आफ्नो गल्तीको अलिकति पनि स्वीकारोक्ति नहुनु बिडम्वनायुक्त भएको उनले बताए ।

 

प्रतिक्रिया दिनुहोस

गौरमा केवाइसी अपडेटक ...

रामअधार यादव, रौतहट, २६ असोज। बैंक तथा डिजिटल वालेटका कर्मचारी भएको भन्दै केवाइसी (KYC) अपडेट गर्ने ...

लहानको नयाँ बजारमा श ...

ओम प्रकाश यादव लहान, असोज २६ । “शौचालय बनाऔँ, सम्मान र स्वास्थ्य जोगाऔँ!” भन्ने नारासहित ...

गोलबजारमा अवैध ग्राभ ...

ओम प्रकाश यादव, लहान असोज २६। सिरहाको गोलबजार नगरपालिका–१ बलडाँडा मुसहरस्थित क्षेत्रमा अवैध रू ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤