Siraha Times
ताजा समाचार

बदलिँदै सवारीको ‘ट्रायल’ : ६० प्रतिशत अंक ल्याउनेलाई लाइसेन्स दिन प्रस्ताव

  • पुस २८, २०७७
  • ९३४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

पुस २८ । सरकारले सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को प्रयोगात्मक परीक्षाको निर्देशिका परिवर्तन गर्ने तयारी गरेको छ । अब प्रयोगात्मक परीक्षा (ट्रायल) दिँदा प्रयोग गरिने विभिन्न प्राविधिक ‘प्यारामिटर’लाई निश्चित अंकभर दिएर पूर्णाङ्क (फुलमार्क) कायम गरिने भएको छ । सवारीको ट्रायल परीक्षा दिँदा तोकिएको उत्तीर्णाङ्क (पासमार्क) ल्याउनुपर्ने व्यवस्था गर्न लागिएको हो ।

अहिले प्रयोगात्मक परीक्षाका सबै प्यारामिटरमा शतप्रतिशत अंक ल्याउनुपर्छ । ट्रायल दिँदा एउटा मात्रै गल्ती भयो भने परीक्षामा फेल गराइन्छ । हाल प्रयोगात्मक परीक्षा दिँदा सडकमा राम्रो सवारी चलाउन नसक्नेले पनि सबै प्याराममिटर सजिलै पार गर्न नसक्ने अवस्था रहेकाले अब उत्तीर्णाङ्क तोकेर परीक्षा लिने व्यवस्था गर्न लागिएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका एक अधिकारीले बताए । 

‘धेरैले सडकमा चलाउन नजान्ने भएपनि पनि ड्राइभिङ सेन्टरमा पाँच दिन सिक्दा सजिलै ट्रायल पास गर्छन्, तर सडकमा गज्जबले सवारी चलाउन सक्नेले ट्रायल सेन्टरमा पुगेर परीक्षा पास गर्न सक्दैनन्,’ मन्त्रालयका ती अधिकारी भन्छन्,’यसरी एउटा गल्ती भएकै आधारमा ट्रयालमा फेल गर्नु जायज हुन्न भन्ने हाम्रो निष्कर्ष हो ।’

अब प्रयोगात्मक परीक्षाका गाह्रो मानिने प्यारामिटरलाई बढी अंकभार दिइनेछ भने सजिला प्याराममिटरलाई कम अंकभार छुट्याइनेछ । त्यसका आधारमा पूर्णाङ्कमा कम्तिमा ६० अंक प्रतिशत ल्याउनेलाई चालक अनुमतिपत्र दिने व्यवस्था गर्न लागिएको मन्त्रालयले बताएको छ । अब फिगर-8 टेस्ट, न्यारो प्ल्यान्क टेस्ट, यू टर्न टेस्ट, ट्राफिक लाइट टेस्ट, स्पिट ब्रेकर टेस्ट, र्‍याम्प टेस्ट, ग्यारेज पार्किङ टेस्ट लगायतका प्यारामिटरलाई फरक-फरक अंकभर दिएर परीक्षा लिइनेछ । त्यसमध्ये कुनै प्यारामिटरमा गल्ती गरेपनि तोकिएको अंकभार पार गरेमा सवारी लाइसेन्स लिन पाइनेछ ।

यो व्यवस्थापछि नक्कली लाइसेन्स लिने र घुस दिएर सवारी चालक अनुमतिपत्र निकाल्ने प्रवृत्तिमा पनि कमी आउने मन्त्रालयको दावी छ । ‘३ पटकसम्म ट्रायल पास गर्न नसकेपछि चालकहरु सिधै बिचौलियाकोमा पैसा बोकेर पुग्छन्,’ मन्त्रालय स्रोत भन्छ,’यातायात कार्यालयकाम कतिय कर्मच्ारीबाट अवैध रुपमा लाइसेन्स निकाल्दिने धन्दा रोक्न सकिएको छैन, त्यसैले ट्रायल परीक्षालाई व्यवहारिक बनाउन खोजेका हौं ।’

यसले अदक्ष चालकहरुले लाइसेन्स पाउने सम्भावना हुँदैन ? भन्ने अनलाइनखबरको प्रश्नमा मन्त्रालयका अधिकारी भन्छन्,’घुस लिएर चलाउनै नजान्नेले पनि लाइसेन्स लिइरहेका छन्, तिनिहरुसँग भन्दा ६० प्रतिशत अंक ल्याएर पास गर्नेहरु धेरै दक्ष हुन्छन् ।’

यस्तो व्यवस्थापछि ट्रायल पास गर्न नसक्ने भन्दै आत्मविश्वास गुमाएका चालकहरु पनि अवैध बाटोबाट लाइसेन्स निकाल्न नजाने सरकारी दावी छ । अनलाइनखबर बाट

प्रतिक्रिया दिनुहोस

मारवाडी महिला मञ्च ल ...

लहान साउन ३० । मारवाडी महिला मञ्च, लहानद्वारा आयोजित सावन मेला २०८३ महिला उद्यमशीलता, आत्मनिर्भ ...

उठिबासको त्रासमा लहा ...

रहमुल, लहान, ३१ साउन । लहान नगरपालिका–३ स्थित विहारपुर टोलका स्थानीयवासी पछिल्लो समय घरजग्गा ख ...

लहान प्रादेशिक अस्पत ...

रहमुल, लहान, ३१ साउन । रा. उ.प्रादेशिक अस्पताल लहानका व्यवस्थापन समिति अध्यक्ष रामनारायण मेहताले अस् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१