Siraha Times
ताजा समाचार

मेयर कप क्रिकेट प्रतियोगिता

  • पुस २७, २०७७
  • ८२४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सिरहा, २७ पुस । स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद नारासहित आज धनगढीमाई नगरपालिकाले प्रथम धनगढीमाई मेयर कप क्रिकेट प्रतियोगिता शुरु गरेको छ । निर्मल लामा कभर्ड हलको प्रांगणमा बाइटिंग गरी खेलको उद्घाटन गर्नुहुँदै नगर प्रमुख हरिनारायण चौधरीले नगरक्षेत्रभित्रका युवाहरुलाई दुव्र्यसनीबाट बचाउन र खेल क्षेत्रको विकासको लागि धनगढीमाई नगरपालिकाले क्रिकेट कपको आयोजना गरिएको बताउनुभयो ।

स्वस्थ्यकर तरिकाले सबै खेलाडीहरुलाई खेल खेल्न अनुरोध गर्नुहुँदै नगरप्रमुख चौधरीले खेलाडीहरुलाई थप हौसला प्रदान गर्न नगरपालिकाले निकट दिनमै फुटवल, भलिवल, ब्याडमिन्टन, कराँते लगायतका विभिन्न विद्याका खेल प्रतियोगिता शुरु गरिने वताउनुभयो । नगरप्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्षहरुले टिम कप्तान खेलाडीहरुलाई जर्सि लगायत आवश्यक खेल सामाग्री प्रदान गरिएको थियो । १४ वटा वडा रहेको नगरक्षेभित्रका १२ वटा टिमको सहभागिता रहनेछ । प्रतियोगिताको समापन खेल ३ गते माघमा हुने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

भोटेकोशी बाढी प्रभाव ...

तौलिहवा (कपिलवस्तु) । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको उद्धार तथा राहतका ...

भगवानपुरमा जसपाको रा ...

रहमुल, लहान, २२ भदौ । सिरहाको भगवानपुर गाउँपालिकामा पछिल्लो राजनीतिक घटनाक्रमले स्थानीय राजनीतिक वृत ...

जलवायु उत्थानशील कृष ...

रहमुल, लहान २१ भदौ । जलवायु परिवर्तनका कारण कृषि क्षेत्रमा देखिँदै गएको चुनौतीलाई न्यूनीकरण गर्दै कि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१