नरहामा चौथो गाउँसभा सबैको साथ सबैको विकासको लागि अघि बढ्दै अध्यक्ष यादव

  • पुस २७, २०७७
  • ५०० पटक पढिएको
  • सिरहा टाइम्स
alt

सिरहा, २६ पुस । अविकसित ग्रामिण भेगको रुपमा रहेको नरहा गाउँपालिकाको विकासमा सबैको साथ रह्दै आएको हुँदा ‘सबैको साथ सबैको विकास’ नाराका साथ आफु अघि बढ्दै आएको नरहा गाउँपालिकाका अध्यक्ष रामशरण यादवले बताए ।नरहा गापाको चौथो गाउँसभामा बोल्दै त्यस्तो कुरा बताएका हुन् । सबैको सकारात्मक सहयोगको बलमा विगतका वर्षहरुमा सफलतापूर्वक काम सम्पन्न भएको हुँदा आउने वर्षहरुमा समेत सबैको सहयोगको अपेक्षा राखेको उनले काम गर्ने क्रममा हुन गएका केही त्रुटिलाई प्रष्ट रुपमा औल्याई काममा सहजता प्रदान गर्न सबैसँग आग्रह गरे । गाउँपालिकाको कुनै पनि कार्यक्रम वा विकास निर्माणका योजनामा कसैलाई काँखा र पाखा गर्ने मनसाय नभएको प्रष्ट पार्दै उनले भेदभाव गरेको जस्तो कसैलाई लागेमा सिधै आफुनिर कुरा राख्न थपे ।

प्रक्रियागत सही गुनासो र सुझाव आए त्यसलाई व्यवहारमा लागु गर्ने आफु पूर्ण प्रतिबद्ध रहेको उनले सुनाए । विपन्न देखि सम्पन्न वर्गको चौतर्फी विकास र गाउँपालिकाभित्र रहेका सबै बस्तीको विकासका लागि समावेशी तवरले योजना बनाई व्यवहारमा कानूनी प्रक्रिया अनुसार लागु गर्दै आएको उनले प्रष्ट पारे । उनले दाबी गरे अनुसार विगतमा आफुनिर आएको गुनासोलाई हरसम्भव प्रयास गरेर व्यवस्थापन गरेको छु । केही कुराको तालमेल नमिल्दा गाउँसभा हुनमा ठिलाई भएको कुरालाई स्वीकार्दै प्रशासनिक, वडागत र अन्य प्राविधिक प्रक्रिया पु¥याएको दाबी गर्दै उनले अझ पनि कसैलाई गुनासो भए त्यसलाई सम्बोधन गर्दै अघि बढ्ने प्रतिबद्धता जनाए । आपसी खिचातानीलाई छिचोल्दै हुन गएको चौथो गाउँसभाबाट पारित नीति तथा कार्यक्रमले पालिकाभित्रका धेरै विकासका योजनाहरु सम्पन्न हुने गाउँपाकिा उपाध्यक्ष गुलावदेवी चौधरीले बताईन । उनका अनुसार विकास योजनाका साथै महिलाहरुको न्यायमा पहुँच अभिवृद्धि हुने खालका कार्यक्रम समेत ल्याएको उनले जनाइन् ।    

 विभिन्न बाधा व्यवधानलाई चिर्दै एकताबद्ध भएर सफलतापूर्वक गाउँसभा गराउन भुमिका खेल्ने सबै पक्षलाई धन्यवाद दिँदै नरहा गापा ५ नं.वडाका वडाध्यक्ष हुकुमदेव यादवले एकता नै सबैभन्दा ठुलो शक्ति भएकोले आ–आफ्नो सकारात्मक सुझाव दिँदै सबैले एकताबद्ध भएर विकासको बाटोमा लाग्नुपर्ने कुरा औल्याए । २० हजार जनताको प्रतिनिधित्व गर्दै काम गर्ने क्रममा केही कमीकजोरी भएको होला र हुनुपनि पर्छ त्यसलाई सच्चयाउनका लागि समयमै आमनागरिकले भुमिका निर्वाह गर्नुपर्ने उनको तर्क थियो । नरहा गापा ४ नं.वडाका वडाध्यक्ष सुर्यनाथ यादवले गाउँपालिकाको कार्यशैलीलाई लिएर कसलाई कस्तो गुनासो छ त्यसले खुलेर बोल्नुपर्ने बताए । तर्क र न्यायसँगत कुरा नगरेर भित्रभित्रै समूह बनाएर बाधाव्यवधान गर्ने प्रवृति ठिक नभएकोले त्यसलाई त्यही तरिकाबाट व्यवस्थापन गर्दै चातर्फी विकास हुने गरी योजनाका साथ अघि बढ्न कार्यपालिकालाई उनले आग्रह गरे । नरहा गाउँपालिकाको सडक, सिचाई, शिक्षा, स्वास्थ्य, कृषि, स्वरोजगार तथा अन्य विकाससँगै दक्ष जनशक्ति उत्पादन गर्नमा सहयोग पुग्ने गरी आर्थिक वर्ष २०७७०७८ को लागि ३७ करोड ८१ लखको बजेट, नीति तथा कार्यक्रम चौथो गाउँसभाबाट पारित भएको प्रमुख प्रशासकिय अधिकृत सुजित कुमार यादवले बताए । कार्यपालिका र प्रशासनिक वतावरण नमिलेर गाउँसभा हुनमा ढिलाई भइरहेको अवस्थामा हाजिर भएकै दिन देखि नियमित रुपमा गरिएको प्रयासले सोचेको भन्दा कम समयमा सकारात्मक परिणाम आएर चौथो गाउँसभा सम्पन्न भएको बताउदै उनले गाउँपालिकाभित्रका जनताको हरेक गुनासोलाई प्रशासनिक तवरले सुनुवाई गर्ने प्रयास गरिने उनले प्रतिबद्धता जनाए ।   

कानूनी प्रक्रियालाई टेकेर गाउँ कार्यपालिकाले पारित गर्ने हरेक नीति तथा कार्यक्रमलाई प्रशासनिक तवरबाट व्यवहारमा कार्यान्वयन गर्न आफु सहयोगकारी भुमिका निर्वाह गर्ने उनले सबैलाई विश्वास दिलाए । गापा अध्यक्ष रामशरणको अध्यक्षतामा भएको चौथो गाउँसभा समारोहमा वडाध्यक्ष, कर्मचारी, समाजसेवी, बुद्धिजीवी तथा अन्य सरोकारवालाहरुको सहभागीता रहेको थियो । २८ सदस्य गाउँ कार्यपालिका मध्ये अधिकांशको उपस्थिति र हस्ताक्षरले गाउँसभा भएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस

जिल्ला स्तरीय समाचके ...

सप्तरी जिल्लाको नेगडा मा. बि. मा जिल्ला स्तरीय समा चकेवा महत्सव सम्पन्न भएको छ। सो कार्यक्रममा समाचक ...

धाँतीमा फुटबल प्रतिय ...

रासिन्द्र यादव, सप्तरी, ०१ मंसिर । सप्तरीको सुरुङ्गा नगरपालिका वडा नं.८ धाँती बजारमा सम्पन्न खु ...

अभियानका सञ्चालकहरु ...

रंजित चौरसिया, वीरगंज ३० कार्तिक। अल्ट्रा अभियान डिजिटल ईलेक्ट्रा प्रा.लि.ले एसी प्रोजेक्टको छैठौं क ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

best free website hit counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१