प्रेस सेन्टरद्धारा स्थानिय समस्याबारे बाँकेको सिमलघारीमा जनसंवादः बर्षौदेखि भोगचलन गरेको जमिनमा माफियाहरुको चलखेल

  • पुस २७, २०७७
  • १०८९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

बाँके । बर्षौदेखि भोगचलन गर्दै आएको जमिनमा भूमाफियाहरुको चलखेल बढेको कारण आफुहरु समस्यामा रहेको भन्दै बाँकेको खजुरा गाउँपालिका ६ स्थित सिमलघारीका स्थानियवासिहरुले मिडियासँग आवाज उठाइदिन आग्रह गरेपछि आज प्रेस सेन्टर नेपालले जनतासँग प्रत्यक्ष संवाद कार्यक्रम गरेको छ ।

स्थानिय नागरिकको माग अनुसार प्रेस सेन्टर नेपालले स्थानिय समस्यामाथि सामाजिक अगुवा, राजनीतिक दल, बुद्दिजीवी तथा सिमलघारीका नागरिकहरुसँग हिजो दिउँस प्रत्यक्ष संवादको कार्यक्रम गरेको हो ।

सचेत युवा तथा भूमिअधिकार मञ्चका नेता नवराज बमले सञ्चालन गरेको उक्त कार्यक्रम स्थानिय बृद्ध खकेन्द्रजंग शाहीको अध्यक्षतामा भएको थियो । कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को लुम्बिनी प्रदेश इन्चार्ज सिंहराज बिक (सिर्जन) को प्रमुख आतिथ्यता तथा प्रेस सेन्टर नेपालका केन्द्रीय अध्यक्ष लोकराज जैसीको विशेष आतिथ्यता रहेको थियो ।

कार्यक्रममा भूमिअधिकार मञ्चका केन्द्रीय सदस्य जसविर वड, विष्णु गिरी, खजुरा गाउँपालिका नेता काले बिक, प्रेस सेन्टर नेपाल बाँकेका सचिव मनोज कुमार तमोली, विभिन्न स्थानिय संघ संघठनका प्रतिनिधिहरु समेतको आतिथ्यता रहेको थियो ।

प्रेस सेन्टर नेपाल बाँकेका पत्रकारहरुले कार्यक्रमको प्रत्यक्ष लाईभ समेत गरेका थिए । कार्यक्रममा उपस्थित स्थानिय नागरिकहरुले बषौंदेखि उक्त जमिनमा आफुहरु बस्दै आएको भएपनि केहीबर्ष यता स्थानिय जनप्रतिनिधिहरु, प्रशासनलाई प्रभावमा पारेर भूमाफियाहरुले हडप्न खोजेको भन्दै चिन्ता गरेका थिए ।

स्थानियहरुले आफ्नो पुस्ता र छोरा नातिहरु त्यहि हुर्केको बढेको तथा सानोतिनो घर, खेतिबारी गर्दै आएको भएपनि अहिले भूमाफियाहरुले राज्यनिकायलाई प्रभावमा पारेर आफुहरुको परिवारमाथि लात हान्ने काम गर्न लागेको भन्दै जिवन रक्षाको लागि आवाज उठाइदिन आग्रह गरेका थिए ।

उनिहरुले करिब ३३ बिगाह जमिनमा अहिले १५ सय बढी घरपरिवार बसोबास गर्दै आएको र उपभोग गर्दै आएको जमिनबाट भूमाफियाहरुले हटाउने खालको अन्यायपूर्ण व्यवहार बढाएको भन्दै चिन्ता गरेका थिए । उनीहरुले आफ्नो घर, खेत गुमाउनु भनेको जिउदै मार्ने काम हो भन्दै त्यसका विरुद्ध संघर्षमा होमिनु बाध्यता हुने भन्दै त्यसमा सहयोग गरिदिन राजनीतिक दलहरु, सामाजिक अगुवा, संघ संगठनहरुलाई आग्रह समेत गरेका थिए ।

उक्त क्षेत्रमा तत्कालिन नेकपा (माओवादी) ले २०५४ सालतिर स्थानिय नागरिकहरुलाई बसालेको थियो । त्यतिबेला देखि त्यहाँ बसोबास गर्दै आएका नागरिकहरुलाई पछिल्लो समय भूमाफियाहरुले घरबार बनाउन खोजेको भन्दै त्यसको विभिन्न राजनीतिक दलहरु, सामाजिक अगुवाहरु, संघ संगठनहरुले पटक पटक विरोध गर्दै आएका छन ।

नागरिकको गाँस बास र कपासको उचित व्यवस्थापनमा राज्यशक्ति जुट्नुपर्नेमा लामो समयदेखि बसोबास गर्दै आएका नागरिकहरुलाई घरबार बिहिन बनाउने कार्य नगर्न कार्यक्रममा उपस्थित नेकपा (माओवादी केन्द्र) का प्रदेश इन्चार्ज सिंहराज बिकले बताए ।

नेता सिंहराजले नागरिकको बसोबास भत्काउन आउने जो सुकै भएपनि त्यो ठिक नहुने बताए । उनले राज्यले जनतालाई गास, बास र कपासको उचित व्यवस्थापन नगरेमा आफ्नो पार्टी जनताले उठाएका न्यायोचित मागहरुमा आन्दोलन गर्न बाध्य हुने भन्दै चेतावनी समेत दिएका थिए ।

त्यस्तै उक्त कार्यक्रममा बोल्दै प्रेस सेन्टर नेपालका अध्यक्ष लोकराज जैसीले राष्ट्र, राष्ट्रियता र जनभावना भन्दा ठूलो कुनै पेशा, व्यवसाय हुन नसक्ने भन्दै आफ्नो संगठन सधैंव कुना कन्दरामा गुम्सिएका, अन्यायमा परेका नागरिकहरुको आवाजलाई सम्प्रेषण गर्ने काममा र जनन्यायीक व्यवस्थाको पक्षमा भूमिका खेल्दै आएको बताए ।

उनले आफ्नो संगठन नेकपा (माओवादी केन्द्र) को राजनीतिक विचार, कार्यक्रमलाई समर्थन गर्ने र जनताको न्यायपूर्ण आवाज आम जनतामाझ ल्याउन सहयोग गर्ने भन्दै स्थानिय नागरिकले मिडिया समक्ष राखेका समस्या तथा विकल्पलाई आम नागरिक समक्ष जस्ताको त्यस्तै पुर्याउने बताए ।

उक्त कार्यक्रममा बोल्दै उनले माओवादी आन्दोलनले बसाएको उक्त बस्तिमा भूमाफियाहरुको चलखेल बढ्नु दुखत विषय भएको बताए । उनले त्यतिबेला माओवादी आन्दोलनमा उठेको नारा ‘जमिन कस्को जोत्नेको, घर कस्को पोत्नेको’ ठिक भएकाले गाउँगाउँबाट माओवादीलाई जनसमर्थन बढेको र त्यो आफुलाई समेत ठिक लागेको बताए ।

त्यस्तै उक्त कार्यक्रममा बोल्दै प्रेस सेन्टर नेपालका नेता समेत रहेका सामाजिक न्यायको पक्षमा बोल्दै आएका युवा आशिष मल्ल ठकुरीले समेत बर्षौदेखि बसोबास गर्दैआएका नागरिकलाई उठाउने कार्य रोक्न प्रशासनसँग माग गरे ।

उनले सामाजिक अपराधिहरुलाई प्रशासन कार्वाही गर्न आनाकानी गरिरहेको भन्दै जिल्ला भित्रका विभिन्न घटनाहरुको विषय खोले । उनले नागरिकको जिवनयापनको विषयमा राज्यले जिम्मेवार बन्नुपर्ने भन्दै त्यहाँका नागरिकहरुको न्यायको पक्षमा आफ्नो संगठन निरन्तर जोडिने विश्वास व्यक्त गरे ।

उक्त कार्यक्रममा भूमिअधिकार मञ्जका जसविर वडले समेत आफ्नो संगठन स्थापनाकालदेखि नै भूमिमाथि जोत्नेहरुको अधिकार हुनुपर्ने विषय उठान गरिरहेको भन्दै सिमलघारीका नागरिकलाई बिस्थापित गर्न नपाई बताए ।

उनले राज्यनिकायलाई चेतावनी दिदै त्यहाँ बसिरहेका नागरिकहरुलाई यथास्थानबाट हटाउने, माफियाहरुको संरक्षण गर्ने र नागरिकलाई दुख दिने खालका कामहरु भएमा त्यसको विरोधमा आफ्नो संगठन सधै. साथमा रहने प्रष्ट पारे ।

कार्यक्रममा उपस्थित महिलाहरुले केहिदिन अघि भूमाफियाको पक्षमा लागेका केही स्थानिय युवाहरुले गुण्डागर्दिको भाषामा आफुहरुलाई सामुहिक रुपमा धम्क्याउने र बढी बोलेमा राती घरमा आएर बलात्कार गर्ने, ठिक पार्ने जस्ता शब्द प्रयोग गरेको भन्दै मिडियासँग न्यायको लागि आवाज उठाईदिन आग्रह गरेका थिए ।

बलात्कारको धम्की दिनेहरु पनि कार्यक्रममा उपस्थित भएको भन्दै विभिन्न तीन जनाको नाम किटान गर्दै उनीहरुले बिलौना गरेपछि आरोप लागेका युवाहरु र भूमाफिया पक्षधरहरुले कार्यक्रम बिथोल्ने प्रयास गरेका थिए । उक्त कार्यक्रममा उनिहरुले झडपको अवस्था निम्त्याएपछि करिब एक घण्टाजति तनाव भएको थियो ।

पछि त्यहाँको अवस्थाको बारेमा प्रहरीलाई खबर गरी इलाका प्रहरी कार्यालय खजुरा (धनौली) बाट खटिएको प्रहरी टोलीले अवस्थालाई नियन्त्रणमा लिदै कार्यक्रम सञ्चालनमा सहयोग गरेको थियो । तर कार्यक्रम सकेर फर्कने क्रममा सिमलघारी बजार नजिक बलात्कारको धम्कीदिएको भनि आरोप लागेका स्थानीय अर्जुन खत्रीको समुहले बाटो छेकेर पत्रकार र सुरक्षा निकायमाथि आक्रमण गरेको थियो ।

कार्यक्रममा खिचेको भिडियो डिलिट गर भन्दै पत्रकारहरुलाई उनले धम्क्याएको र सुरक्षाको लागि खटिएका ईलाका प्रहरी कार्यालय खजुरा (धनौली) का प्रहरी हवल्दार बिष्णु अधिकारी (बर्दिवाल प्रहरी) माथि धरपकड र दुव्र्यवहार गरेका थिए । नसामा मातिएको अवस्थामा रहेका उनले प्रहरी र पत्रकारहरुलाई बिभिन्न अस्लिल शब्दमा गाली गर्दै ज्यान मार्ने सम्मको धम्की दिइरहेका थिए ।

उक्त घटनापछि पत्रकारहरुले दिउँसै बाटो छेकेर प्रहरी र आफुहरुमाथि आक्रमणमा उत्रिने अर्जुन खत्रिको समुहलाई कडा कारबाहीको माग गर्दै प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख र जिल्ला अनुसन्धान प्रहरी प्रमुख समक्ष अनुरोध गरेका थिए । तर त्यसरी ड्युटिमा खटिएका प्रहरी र पत्रकारमाथि आक्रमण हुदापनि प्रहरीले कसैलाई पक्राउ गर्न नसक्नुले बाँकेको सुरक्षा प्रशासनमाथि गम्भिर प्रश्न चिन्ह खडा गरेको छ ।

घटनामा संलग्नहरुको खोजि कार्य भैरहेको र उनीहरुलाई छिटो भन्दा छिटो कानुनी दायरामा ल्याउने प्रहरीले बताएको भएपनि समाचार तयार गर्दासम्म कसैलाई पनि प्रहरीले पक्राउ भने गरेको अवस्था छैन । त्यस्तै बलात्कारको धम्की दिएको भन्दै त्यहाँका महिलाहरुले समेत सामुहिक रुपमा ईलाका प्रहरी कार्यालयमा किटानी उजुरी दिएको बुझिएको छ ।

 

 

 

 

प्रतिक्रिया दिनुहोस

५ बर्षिय छोरा हत्या ...

रहमुल लहान १३ बैशाख आफ्नै ५ वर्षिय छोराको हत्या अभियोगमा लहानबाट एक महिलालाई सिरहा प्रहरीले नियन्त्र ...

नेपाल छात्रवृत्ति सम ...

रहमुल लहान १३ बैशाख । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिकाको सभाहलमा सेभ द चिल्ड्रेनको सहयोगमा र नेपा ...

नेपाल पत्रकार महासंघ ...

बिसुनदेव सरदार लहान, १२ बैशाख । नेपाल पत्रकार महासंघ सिरहाको १४ औं साधारणसभा भव्यताका साथ सम्पन्न भए ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

hit counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१