देश विकासकालागि सहकारीको विकल्प छैन ः मन्त्री साह

  • पुस २६, २०७७
  • ५८७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सिरहा टाइम्स २६ पुस किशोर मण्डल ।प्रदेश २ का भुमि व्यवस्था , कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले सहकारीलाई वेवास्ता गरेर देशले आर्थिक छलाङ मार्न नसक्ने वताएका छन् । देश विकासकालागि सहकारीको विकल्प नभएको भन्दै मन्त्री साहले सहकारीलाई वेवास्ता गरेर देशले आर्थिक छलाङ मार्न नसक्ने वताए । बिदेह नगरपालिका ठाडीस्थित लोकहित बचत तथा ऋण सहकारी संस्थाको साधरण सभालाई प्रमुख अतिथिको आसनबाट आईतवार सम्बोधन गर्दै उनले सहकारीमार्फत नै आर्थिक संमृद्वि हासिल गर्न सकिनेमा प्रदेश सरकार विश्वस्त रहेकाले सरकारले सहकारीलाई उच्च प्राथमिकता दिएको बताए । अर्थतन्त्र दुर्तगतीमा अघि बढाउन सहकारीबाहेक अरु बाटो छैन, सहकारीको सही परिचालन बाट नै देश संमृद्वि बन्छ । सहकारीले प्रकृतिक स्रोत, साधन सदुपयोग गर्न सके मात्र देशले छिटो गति लिन सक्नेमा उनले विश्वास व्यक्त गरेका छन ।No description available.

कृषि उत्पादनमा आत्मनिर्भर हुन सहकारीले सघाउने बताए । ‘सहकारीले कृषिमा लगानी बढाएर व्यापारघाटा कम गर्न सक्छ’ उनले भने । कृषिको आधुनिकरण, व्यवसायिकरणका लागि राज्यले उचित सम्मान दिने वताए ‘आर्थिक उत्पादानमा सहकारीको भूमिका बढाउन तपाईहरु भिजन, योजना र प्रतिवद्वतासहित आउनुहोस्, प्रदेश सरकार सहजिकरण गर्न तयार छ’ उनले भने । सहकारीले उत्पादनका साथै उद्योग, व्यापार व्यावसायमा जोड दिनुपर्ने बताए । ‘सहकारीमार्फत देशको मुहार फेर्न सकिन्छ, त्यसका लागि सहकारीका कार्यदिशा स्पष्ट हुनुपर्छ’ उनले भने । सहकारीले सदस्यको जीवनस्तर उकास्ने कुरामा पहिलो प्राथमिकता दिनुपर्ने बताए ।No description available.

कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका संचालक धु्रव नारायण यादवले आर्थिक लोकतन्त्र बलियो नभएसम्म राजनीतिक अर्थतन्त्र बलियो हुन नसक्ने बताए । आर्थिक रुपान्तरणका लागि सहकारी सशक्त माध्यम हुने उनको भनाई थियो । ‘हामी सहकारीलाई साथमा लिएर देश विकासमा जुट्न क्रियाशील भएका छौं’ उनले भने । खाद्य, स्वास्थ्य, उर्जा, र श्रम व्यवस्थापनमा सहकारीले सशक्त योगदान दिन सक्ने उनले बताए । सहकारी–नीजि, सहकारी सार्वजनिक र नीजि–सहकारी अवधारणमा देश अघि बढ्ने उनको भनाई थियो । समाज र सदस्यप्रति उत्तरदायित्व भएर सहकारीले संख्यात्मक विकाससँगै गुणात्मक विकासमा जोड दिनुपर्ने उनले बताए । लोकहित बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष प्रमोद कुमार छिटटानको अध्यक्षतामा भएको सो कार्यक्रममा विभिन्न क्षेत्रका व्यतिmहरुलाई सम्मान समेत गरिएको थियो ।

No description available.

प्रतिक्रिया दिनुहोस

शिक्षा बन्द, सरकार च ...

दिलीप कुमार यादव सप्तरी रुपनी, वैशाख ७। देशमा शिक्षाको संकट झनै भयावह बन्दै गएको छ । सरकार मन्त्रीहर ...

प्रादेशिक अस्पताल सि ...

    नरेशचन्द्र बरबरिया सिरहा बैशाख  ६ । सदरमुकाम सिरहा स्थित प्रादेशिक अस् ...

मिटरब्याज विरुद्ध कि ...

सिरहाटाइम्स लहान वैशाख ६ । मिटरब्याज विरुद्ध किसन मजदुर आन्दोलन, नेपाल मिथिला कमाण्ड सिरहा जिल्ला सम ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१