ताजा समाचार

सहिद कमरेड जय गोबिन्द साहको ३१ अाैं स्मृति सभा सम्पन्न

आफु दुबै फुटको एकताको पक्षमा छु : नेता तामाङ

  • पुस २६, २०७७
  • १०६७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान २६ पौष । नेपाल कम्युनिस्ट पार्टीकक सहिद कमरेड जय गोबिन्द साहको ३१ अाैं स्मृति सभा सम्पन्न गरेकाे छ । प्रत्येक बर्ष पौष २५ गतेका दिन मनाउदै आएका छन। यो बर्ष दुईवटा मंञ्चमा कार्यक्रम मनाएका हुन् । सिरहा जिल्लाको कर्जनहा नगरपालिका- १० र ११ बस्तिपुर बजार र कर्जा बजारमा दुई ठाउँमा फरक - फरक मञ्चमा स्मृति सभा मनाएका छन् । नेपाल कम्युनिस्ट पार्टी ( नेकपा ) जिल्ला कमेटीको पहलमा क. जय गोबिन्द साहको ३१ अाैं स्मृति सभा सम्पन्न भएको हो।किसान अगुवा जय गोबिन्द साह बरहरा मिर्चैयामा जन्मिनु भएको थियो ।

कार्यक्रमको अध्यक्षता माओवादी जिल्ला सदस्य चन्देश्वर राउत को अध्यक्षता भएको थियो। भने कार्यक्रमको संचालन कुशेश्वर महतो ले गर्नु भएको थियो। महतो पार्टीको युवा तथा प्रभाव शालि नेता एंवम वरिष्ठ समाज सेबि हुन् । बिशिस्ट अतिथिमा पार्टीका युवा नेता फुल्गेन नायक लगायत हजारौं नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो । २००६ सालमा कम्युनिस्ट को स्थापना भएको थियो । ४ जना बाट पार्टी बिस्तार भएको एक जना बक्ताले बताए ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा ) प्रदेश कमिटीका सदस्य तथा पुर्व सांमसद बिष्णु बहादुर तामाङले प्रमुख अतिथि रहनु भएको थियो । प्रमुख अतिथि तामाङका अनुसार दुबै पक्छ प्रतिगमन रहेको बताए र यो भाग भणडाको कारण र गुट बन्दि नमिले कै कारणले गर्दा देशमा बिटनडा मचेको तामाङले बताए ।

जनतालाई बिकासको गतिमा ल्याउनु पर्छ जनसमुदायमा अपिल गरेका थिए । कम्युनिस्ट बन्नु नितान्त जरुरी रहेको जनसमुदाय संग आग्रह थिए। सघिय लोकतान्त्रिक गणतन्त्र धरापमा रहेको बताए।आफु दुबै फुटको एकताको पक्छमा रहेको बताउनु भयो । बिकृति बिसंगतिको दुर गरेर मात्र देशमा सुदिकारण ल्याउनु पर्छ ।

सोही सभामा क. जय गोबिन्द साह बारे नेकपा को लागि गरेको उन्नति प्रगति बारे चर्चा गरेको थियो । जय गोबिन्द साहको बदोलत नेकापाको जन्म भएको थियो। जय गोबिन्द साह एक किसानको छोरा भएतापनी उनी देशको जनताको लागि विभिन्न बलिदान दिए र २०४६ साल पुस २५ गतेका दिन उनी स्वर्गवास हुनु भएको थियो । कार्यक्रममा स्थानीय तथा जिल्ला भरिबाट आएको मान्छेहरु को उपस्थित रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

गौरमा केवाइसी अपडेटक ...

रामअधार यादव, रौतहट, २६ असोज। बैंक तथा डिजिटल वालेटका कर्मचारी भएको भन्दै केवाइसी (KYC) अपडेट गर्ने ...

लहानको नयाँ बजारमा श ...

ओम प्रकाश यादव लहान, असोज २६ । “शौचालय बनाऔँ, सम्मान र स्वास्थ्य जोगाऔँ!” भन्ने नारासहित ...

गोलबजारमा अवैध ग्राभ ...

ओम प्रकाश यादव, लहान असोज २६। सिरहाको गोलबजार नगरपालिका–१ बलडाँडा मुसहरस्थित क्षेत्रमा अवैध रू ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤