ताजा समाचार

सात घन्टा पाँच मिनेट बैठक बसेर सकियो राष्ट्रिय सभा अधिवेशन

  • पुस २६, २०७७
  • ९३५ पटक पढिएको
  • रामएकवाल राम
alt

काठमाडौं, २६ पुष । सात घन्टा ५ मिनेट बैठक बसेर राष्ट्रिय सभाकाे अधिवेशन अन्त्य भएको छ । यही पुस १७ गतेबाट राष्ट्रिय सभाको हिउँदे अधिवेशन सुरु भएको थियो । १० दिनको अवधिमा ७ घन्टा ५ मिनेट बैठक बसेकाे राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले जानकारी दिए । आइतबार बिहान प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रिय सभाको अधिवेशन अन्त्य गर्न राष्ट्रपतिलाई सिफारिस गरेको थियो ।  

मन्त्रिपरिषद्को सिफारिसअनुरूप राष्ट्रपति विद्यादेवी भण्डारीले अधिवेशन अन्त्य गर्न आजै पत्र पठाएकी थिइन् । राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउँदै राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनाले प्रधानमन्त्री केपी ओलीकाे सम्बोधनपछि अधिवेशन अन्त्य भएको घोषणा गरेका थिए । पत्रमा आइतबार राति १२ बजेबाट राष्ट्रिय सभाको हिउँदे अधिवेशन अन्त्य हुने उल्लेख छ ।

यस अवधिमा राष्ट्रिय सभामा राष्ट्रपतिबाट जारी गरिएका विभिन्न सातवटा अध्यादेशहरुरू पेस भएका छन् । जसमा संवैधानिक परिषद्को काम कर्तव्य र अधिकारसम्बन्धी पहिलो संशोधन अध्यादेश, नेपाल प्रहरी तथा प्रदेश प्रहरीको कार्यसञ्चालन तथा सुपरीवेक्षणसम्बन्धी अध्यादेश, सामाजिक सुरक्षा अध्यादेश, तेजाव तथा अन्य घातक रासायनिक पदार्थको नियमनसम्बन्धी अध्यादेश, औषधि तेस्रो संशोधन अध्यादेश, हिंसाविरुद्ध केही नेपाल ऐन संशोधन अध्यादेश र फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी अध्यादेश छन् । राष्ट्रिय सभाको चालू बैठकमा प्रधानमन्त्रीको कदमकाे लिएर कांग्रेस, नेकपा प्रचण्ड-नेपाल समूह, जनता समाजवादीलगायतका दलले विरोध गरेका थिए । 

प्रतिक्रिया दिनुहोस

गौरमा केवाइसी अपडेटक ...

रामअधार यादव, रौतहट, २६ असोज। बैंक तथा डिजिटल वालेटका कर्मचारी भएको भन्दै केवाइसी (KYC) अपडेट गर्ने ...

लहानको नयाँ बजारमा श ...

ओम प्रकाश यादव लहान, असोज २६ । “शौचालय बनाऔँ, सम्मान र स्वास्थ्य जोगाऔँ!” भन्ने नारासहित ...

गोलबजारमा अवैध ग्राभ ...

ओम प्रकाश यादव, लहान असोज २६। सिरहाको गोलबजार नगरपालिका–१ बलडाँडा मुसहरस्थित क्षेत्रमा अवैध रू ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤