झापा केर्खाका २६ वर्षीय युवक राजकुमार थापा गाडीमै मृत फेला

  • पुस २६, २०७७
  • ११८३ पटक पढिएको
  • रामएकवाल राम
alt

२६ पौष, विराटनगर । झापाको केरखाबाट विराटनगरको बस चढेका युवक मृत भेटिएका छन् । आइतबार बिहान केरखाबाट बस चढेका २६ वर्षीय युवक बसभित्रै मृत भेटिएका हुन् ।उनी जनसेवा यातायात प्रालिको मे १ ख ३३३३ नम्बरको बसमा चढेका थिए । विराटनगर बसपार्कमा सबै यात्रु ओर्लिएपछि उनी उत्रिएनन् । बसका कर्मचारीले हेर्दा मृत भेटिएपछि प्रहरीलाई खबर गरेका थिए ।

मृत भेटिएका युवक उपचारका लागि विराटनगर आउँदै गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक मानबहादुर राईले बताए ।उनका अनुसार युवक मिर्गौला रोगी हुन् । उनी उपचारका लागि विराटनगरको नेशनल किड्नी सेन्टरमा आएका थिए ।बसको सिटमै मृत अवस्थामा फेला परेका उनी अन्य समयमा पनि सोही बसमा आउजाउ गर्दै आएका थिए । बसभित्रै मृत भेटिएका युवकको साथमा रहेको मोबाइलबाट प्रहरीले आफन्तलाई खबर गरेको थियो ।

प्रतिक्रिया दिनुहोस

कतारले १३ जना नेपाली ...

रामएकवाल राम दोहा । कतार सरकारले १३ जना नेपालीहरुलाई आममाफी दिएको छ।कतार सरकारले आफनो राष्ट्रिय ...

जन्मदिनको अवसरमा सार ...

ओम प्रकाश यादव लहान, पुष १६ । सामाजिक उत्तरदायित्वको उदाहरण प्रस्तुत गर्दै प्रदिप गुप्ता प्यानलबाट स ...

तिलाठी कोईलाडी गाउँप ...

रहमुल, लहान १७  पुस । बालविवाहलाई न्यूनीकरण गर्दै समाजलाई स्वस्थ, सुरक्षित र अधिकारमैत्री ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१