बारामा प्रहरी र गाँजा तस्करबीच गोली हानाहान

  • पुस २६, २०७७
  • १३२१ पटक पढिएको
  • रामएकवाल राम
alt

२६ पुस, बारा। बारामा प्रहरी र गाँजा तस्करबीच गोली हानाहान भएको छ। शनिबार राति पौने १० बजे गस्तीमा रहेको प्रहरी टोलीलाई ताकेर गाँजा तस्करीमा संलग्न ८–१० जनाको समूहले गोली हानेको हो।बारा जिल्ला प्रहरी कार्यालयका डीएसपी गौतम मिश्रका अनुसार गाँजा तस्करी भइरहेको सूचना पाएपछि इलाका प्रहरी कार्यालय निजगढ र अस्थायी प्रहरी पोस्ट रतनपुरबाट प्रहरी टोली भक्तलाल खोलाको बगरमा पुगेको थियो।

त्यस क्रममा प्रहरीलाई देख्नासाथ तस्कर समूहले गोली चलाएको हो। जवाफमा प्रहरीले पनि ५ राउन्ड गोली चलाएको हो। घटनास्थलबाट हेटौंडा उपमहानगरपालिका–६ का ४७ वर्षीय इमानसिंह तामाङलाई प्रहरीले पक्राउन गरेको छ। साथै १०२ किलो गाँजा पनि बरामद भएको डीएसपी गौतमले बताए।

प्रतिक्रिया दिनुहोस

स्नेह वृद्धा आश्रम ल ...

लहान, पुस १३ । सिरहा जिल्लाको लहानमा रहेको स्नेह वृद्धा आश्रम लहानको बैठक आश्रमकी अध्यक्ष रिता कुमार ...

युवा नेता दुबेले गरे ...

कलैया १३ पौष। कलैया उप–महानगरपालिका वडा नम्बर ५ मा अवस्थित द रोयल कटेजलको शनिबार एक विशेष समार ...

लहान नगरपालिकाद्वारा ...

ओम प्रकाश यादव लहान, पुष १३ । मधेश प्रदेशमा चिसो बढ्दै गएपछि लहान नगरपालिकाले दलित तथा विपन्न समुदाय ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१